कैलालीका २४५ जनाको मोतीविन्दुको अप्रेशन
![कैलालीका २४५ जनाको मोतीविन्दुको अप्रेशन](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_NjemkHjVl7_jPH1Zz67Wy.jpg)
धनगढी : कैलालीको भजनीका २ सय ४५ जनाको मोतीविन्दुको अप्रेशन गरिएको छ। तीने दिने आँखा शिविरमा पहिचान भएकाहरूको अप्रेशन गरिएको हो। नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले कैलालीको भजनीका १५ सय जनालाई सेवा प्रदान गरेको छ।
शिविरमा १३ सय ४९ जनालाई निःशुल्क औषधि वितरण गरिएको छ। सेवा लिनेमध्ये आर्थिक अभाव तथा सेवा लिन अस्पताल आउन नसकी शिविरको पर्खाइमा रहेका बिरामीहरू धेरै भेटिएका गेटा आँखा अस्पतालका बाह्य सम्पर्क अधिकृत रमेशचन्द्र भट्टले बताए।
गेटा आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा सुरेश राज पन्तको नेतृत्वमा सञ्चालित शिविरम वरिष्ठ नेत्र अधिकृत भट्ट लगायत १५ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)