अवैध औषधि बिक्री गर्ने मेडिकल हलमा प्रहरीको छापा

अवैध औषधि बिक्री गर्ने मेडिकल हलमा प्रहरीको छापा
सुन्नुहोस्

काठमाडौं : काठमाडौं-१० आर्दशनगरमा रहेको औषधि पसलमा प्रहरीले छापा हानेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार अवैध रूपमा औषधि बिक्री वितरण गर्ने लाईफ केयर फर्मामा सिलबन्दी गरिएको हो। 

कपन एरियामा रहेका औषधि पसलहरूमा नियन्त्रित लागूऔषध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। प्रहरी प्रभाग कपनको समन्वयमा औषधि व्यवस्थापन विभाग बिजुली बजार काठमाडौं, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरूको उपस्थितिमा उक्त क्षेत्रमा अनुगमन गरिएको थियो। अनुगमनको क्रममा आर्दशनगरमा रहेको लाइफ केयर फर्मामा अवैध औषधिहरू फेला परेका थिए। 

उक्त पसलमा सिल लगाइ बन्द गरिएको छ। प्रहरीका अनुसार उक्त फर्मामा रहेका ३६ प्रकारका अवैध औषधि विभागले बरामद गरेको छ। सोही एरियामा रहेको ओखलढुंगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.