सीमा क्षेत्रमा गोली चल्यो, विराटनगरका युवक घाइते
विराटनगर : नेपाल -भारत सीमा क्षेत्रमा गोली चल्दा विराटनगरका एकजना युवा घाइते भएका छन्। विराटनगर महानगरपालिका - ८ का २८ वर्षीय निर्दोश सग्रौलामाथि सोमबार बिहान भारतको जोगमुनी रेल्वे छेउस्थित गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
अज्ञात समूहको गोली प्रहारबाट उनको दाहिने खुट्टा र तीघ्रमा चोट लागेको छ। सग्रौलाको अहिले कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ।
गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।