एनसेल खरिद बिक्रीमा अनियमितता भएको जसपाको आशंका, निष्पक्ष छानबिन गर्न माग

एनसेल खरिद बिक्रीमा अनियमितता भएको जसपाको आशंका, निष्पक्ष छानबिन गर्न माग

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले एनसेल खरिद बिक्री प्रकरणको छानिबन गर्नुपर्ने माग गरेका छन्। पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यकारिणी बैठकले एनसेल खरिद बिक्री प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने निर्णय गरेको हो।

जसपा नेता राजकिशोर यादवले एनसेल खरिद बिक्री प्रकरणमा राजस्व छलिलगायत काम भएको हुनसक्ने आशंका गरे। 'एनसेल खरिद बिक्रीमा अनियमितता भएको आशंका छ। त्यही भएर निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग हो,' अन्नपूर्णसँग उनले भने।

त्यस्तै संसदमा दर्ता भएको चुरेसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिने पार्टी प्रवक्ता मनिष सुमनले बताए। उनले पुसन २५ र २६ गते राजनीतिक समिति र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको बताए। त्यस्तै प्रदेश कर्मचारी समायोजन र प्रहरी ऐन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरिने प्रवक्ता सुमनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.