नेपाल भारतसँग १० विकेटले पराजित

नेपाल भारतसँग १० विकेटले पराजित
सुन्नुहोस्

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी यु-१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। 

दुबईको आइसीसी एकेडेमी ओभल-२ क्रिकेट मैदानमा आज भएको खेलमा भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको छ। नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो। 

आजको जितसँगै भारतले प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ। भारतले अफगानिस्तानलाई सात विकेटले हराएको थियो भने पाकिस्तानसँग भने आठ विकेटले पराजित भएको थियो। 

आजको खेलमा नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा भारतले सात दशमलव एक ओभरमा कुनैपनि विकेट नगुमाई पूरा गर्‍यो। भारतका जितमा आर्सिन कुलकर्नीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ३० बल खेल्दै पाँच छक्का र एक चौका प्रहार गरे। उसका लागि आदर्श सिंहले १३ रन बनाए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपाल २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रनमा समेटिएको थियो। नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
     
खराब ब्याटिङ गरेको नेपालका लागि हेमन्त धामीले सर्वाधिक आठ रन जोडे। त्यस्तै दीपक बोहोराले सात, दीपेश कँडेलले चार, आकाश चन्दले अविजित चार तथा सुवास भण्डारी दुई रन बनाए। नेपाललाई सस्तैमा समेट्नेक्रममा भारतका राज लिमबानी एक्लैले सात विकेट लिए। त्यस्तै आरध्य शुक्लाले दुई विकेट लिँदा अरसिन कुलकर्नीले एक विकेट लिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.