गौशालाका विद्यालयमा मनपरी रकम असुली

गौशालाका विद्यालयमा मनपरी रकम असुली
सुन्नुहोस्

महोत्तरी : गौशालास्थित सामुदायिक विद्यालयमा एसईई परिक्षाका लागि मनपर्दी रूपमा शुल्क उठाउँदै आएको पाइएको छ। यहाँका सामुदायिक विद्यालयमा हरेक विद्यालयमा  विद्यार्थीसँग रजिष्ट्रेशन शुल्कबापत रकम असुल्दै आएको पाइएको छ।

राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेको रकममा बाटो खर्च र कागजात शुल्कबात विद्यार्थीसँग यहाँका विद्यालयले थप रकम उठाउँदै आएको छ। माध्यमिक शिक्षा परिषदले कात्तिक २४ गते प्रकाशित सूचनामा मंसिर मसान्तभित्रमा प्रति विद्यार्थीलाई ३०० रुपैयाँ दस्तुर तिरी रजिष्ट्रेशन फारम आह्वान गरेको छ। तर, यहाँका विद्यालयले मनपर्दी रकम असुल्दै आएको छ। विद्यालयले प्रतिविद्यार्थी १ हजारदेखि १ हजार ५ सयका दरले रकम असुल्दै आएको खुलासा भएको छ।

यस सम्बन्धमा गौशाला शिक्षा शाखा संयोजक संजय सिंहले यस विषयमा सम्बन्धित प्रधानाध्यापकसँग आफूले चाँडैसत्यतथ्य बुझ्ने धारणा राखेका छन्। बढी रकम असुलेको पाइएमा ती विद्यालयका विद्यार्थीलाई रकम फिर्ता गराउनका लागि आफूले विशेष भूमिका निर्वाह गर्ने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.