प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना

प्रथम नुवाकोट खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना

नुवाकोट : नुवाकोटको लिखुमा  प्रथम नुवाकोट खेलकुद र सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। 'युवाको चाहाना खेलकुदको जगेर्ना धार्मिक, ऐतिहासिक, कला, संस्कृतिको सम्वर्द्धन खेलमार्फत् दिगो विकासमा युवाको सहभागिता' मूल नारासहित लिखु गाउँपालिकाको १, २  र  ३ को सिमाना पहरेघाट बगरमा हुने महोत्सवको तयारी पूरा भएको छ।

महोत्सव संयोजक अशोककुमार थापाले मङ्सिर २८ गतेदेखि पुष १० गतेसम्म सञ्चालन हुने महोत्सवले प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदा एवम् धरोहरहरुको आन्तरिक र बाह्य बजारमा प्रचारप्रसार गरी जिल्लाको विकासका साथै सर्वसाधारणको जीवनस्तरमा सुधार गर्न टेवा पुर्‍याउने बताए। बागमती भ्रमण वर्ष–२०२४ लाई समेत सफल पार्नको लागि यस महोत्सवले टेवा पुर्‍याउने उनले बताए।

महोत्सवमा साँस्कृतिकतर्फ नुवाकोटका लोकदोहरी, लोकनृत्य, लाखेनाच, काठेभाका, तामाङसेलो, बालनभजन, पञ्चेबाजा, साँस्कृतिक रितिरिवाज परम्पराका झाँक्रीनाच प्रदर्शन, म्हेन्दोमाया गीत लगायतमा प्रतिस्पर्धा गराइनेछ। खेलकुदतर्फ तेक्वान्दो, कराँते, जुडो, उसु, आईटिएफ तेक्वान्दो, ब्याडमिन्टन, टेबलटेनिस, बुद्धिचाल, भलिबल खेलको प्रतियोगिता गराई जिल्ला खेल र खेलाडीको विकासमा सघाउ पुर्‍याइने छ। 

साँस्कृतिक र खेलकुदको विभिन्न विधाका छुट्टाछुट्टै उपसमिति बनाइएको छ। महोत्सवमा जिल्लाका १२ वटै स्थानीय तहबाट एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र विभिन्न विधागत क्षेत्रमा योगदान दिने स्रष्टाहरुलाई सम्मान गरिने जनाएको छ।

महोत्सवले नुवाकोटको खेल जगतलाई जनमानससम्म प्रचारप्रसार र संरक्षण, धर्म, संस्कृति, सीप, कला कौशलको प्रवर्द्धन र प्रचारप्रसार, खेलकुद तथा संस्कृति पर्यटन प्रवर्द्धनमा जोड, आर्थिक व्यापार प्रवर्द्धन, कृषिउपज उत्पादनको प्रवर्द्धन, प्रदर्शन र प्रचारप्रसार, पर्यटन विकास तथा नयाँ मार्गको पहिचान लक्ष्य लिएको छ। 

यस्तै, वैदेशिक रोजगारमा पलायन भएका युवावर्गलाई खेलकुदप्रति आकर्षित गराइ स्वदेशमै बस्ने वातावरण निर्माण, नुवाकोट जिल्लालाई खेलकुद हब बनाउन पहल र प्राकृतिक ऐतिहासिक सम्पदाको प्रचारप्रसार र संरक्षण गर्ने लक्ष्य महोत्सवको छ।

महोत्सवमा साधारण टिकट शुल्क एक सय र विद्यार्थीको परिचयपत्रको आधारमा ५० रुपैयाँ तोकिएको छ। साथै एकल महिला, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश रहेको छ।

ढिकुरेस्थित पहरेघाट बगरमा सञ्चालन गरिने महोत्सवकै अवसरमा विभिन्न खेलमध्ये दौड प्रतियोगिता सम्पन्न भइसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.