भैरहवामा एकै रातमा ८ वटा मोटरसाइकल चोरी

भैरहवामा एकै रातमा ८ वटा मोटरसाइकल चोरी

भैरहवा : रुपन्देहीको भैरहवा क्षेत्रमा एकै रातमा ८ वटा मोटरसाइकल चोरी भएको छ। सिद्धार्थनगर नगरपालिका-११ को सिसवा, पिपरहिया र भुजौलीबाट एकै रातमा मोटरसाइकलहरू चोरी भएको हो। 

उनीहरूका अनुसार सिसवाबाट ५, पिपरहियाबाट २ र भुजौलीबाट एउटा मोटरसाइकल चोरी भएको हो। गाउँमा नालासहितको सडक निर्माण कार्यले स्थानीयहरू घर/कम्पाउन्ड भत्काउनु परेको छ। जसकारण आफ्नो सवारी साधन घर अगाडि खुला रूपमा राख्नुपर्ने स्थानीयहरूको बाध्यता छ। 'राति मैले घर अगाडि मोटरसाइकल राखेर सुत्न गए' पीडित नफिस आलमले भने, 'चोरीको हल्ला भएपछि बिहान उठेर हेर्दा मेरो मोटरसाइकल पनि चोरी भएको रहेछ।'

स्थानीयहरूका अनुसार सिसवा गाउँबाट नफिस आलम परिवार, मुलचन्द चौधरी, असफाक आलम, महबुव आलम, अफताव आलम, भुजौली गाउँमा बेलासको र पिपरहियाबाट रिता देवी र अनिल बनियाँको परिवारको मोटरसाइकल चोरी भएको हो। यीमध्ये रिता देवीको मोटरसाइकल भारतीय नम्बर प्लेटको हो।

रुपन्देहीका एसपी भरतबहादुर विकले मोटरसाइकलहरू चोरी घटनाका विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। 'आठ वटा मोटरसाइकल चोरी भएको भन्ने कुरो आएको छ', रुपन्देहीका एसपी विकले भने, शंकास्पदलाई नियन्त्रण लिएर सोधपुछका साथै गम्भीरताका साथ खोजी कार्य भइरहेको छ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.