दाङमा टिपरको ठक्करबाट मोटसाइकलमा सवार २ जनाको मृत्यु
![दाङमा टिपरको ठक्करबाट मोटसाइकलमा सवार २ जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_Uwd4zpdbVu.jpg)
बुटवल : टिपरले ठक्कर दिंदा दाङमा प्यूठानका दुई जना युवाको मृत्यु भएको छ । शुक्रबार राती घोराही उपमहानगरपालिका-१० स्थित झारबैरा चोकमा दुर्घटना हुँदा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोटका १७ वर्षीय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जनाएको छ।
तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्बरको टिपरले बिपरित दिशातर्फ जाँदै गरेको रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते युवाहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको क्रममा मृत्यु भएको थियो ।
टिपर चालक रुन्टीगढी गाउँपालिका ९ रोल्पाका २६ वर्षीय ईश्वर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)