धनुषामा मोटरसाइकल दुर्घटना : छोराको मृत्यु, बुबा-आमा घाइते
![धनुषामा मोटरसाइकल दुर्घटना : छोराको मृत्यु, बुबा-आमा घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_Kt5t7wRE7D_eAyn7AnQg2.jpg)
धनुषा : धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही हरिपुर नगरपलिका-९ का सात वर्षीय सिद्धार्थ साह रहेका प्रहरीले जनाएको छ।
शनिबार जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत धनुषाको मिथि नलागरपालिका-६ ढल्केवरस्थित मधेस प्रदेश २-००७ प नम्बरको मोटर साइकल अनियन्त्रित भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा मृतक बालकका बुबा मोटरसाइकल चालक ३७ वर्षीय नार्गेन्द्र साह र उनकी पत्नी अन्दाजी २८ वर्षीय रुबी साह घाइते भएका हुन्। उनीहरूको उपचार स्थानीय ढल्केवर हस्पिटलमा भइरहेको प्रहरी निरीक्षक साहले जनाए।
मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाउन लागिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)