भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, एकै दिन चार जनाको मृत्यु

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, एकै दिन चार जनाको मृत्यु
सुन्नुहोस्

नयाँ दिल्ली : छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ। भारतको केरलमा कोरोना भाइरसको जेएन-१ भेरियन्ट पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

चीन र अमेरिकामासमेत पुष्टि भइसकेको उक्त भेरियन्ट भारतमा फेला परेको हो। भारतको केरल राज्यमात्र यो भेरियन्टका १ हजार ३२४ संक्रमण पुष्टि भएको छ। संक्रमणबाट शनिबारमात्रै चार जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

संक्रमण दर बढिरहे पनि केरलका स्वास्थ्यमन्त्री वीना जार्जले चिन्ता लिनुपर्ने कुनै कारण नभएको बताएकी छन्। उनले स्थितिलाई सरकारले नियन्त्रणमा राखेको बताइन्।

जेएन-१ भेरियन्टबाट केरलमा पहिलोपटक एक महिनाअघि एक ७९ वर्षीया महिला संक्रमित भएकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.