यो संविधानले कुनै दलको बहुमत आउँदैन : देउवा

यो संविधानले कुनै दलको बहुमत आउँदैन : देउवा
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने बताएका छन्। उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे।

नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै देउवाले संविधान जारी भएको आठ वर्षपछि विमति जाहेर गरे। उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको बताए। 

कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेका कारण आफूले गम्भीरतापूर्वक लिएको उनले बताए। आफ्नै दलभित्रसमेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अब सोचेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ।

असहमति र असन्तुष्टिलाई छलफल गरेर समाधान गर्नुपर्ने जोड दिँदै उनले राम्रो कामको समर्थन र गलत कामको खबरदारी गर्न नुवाकोटबासीलाई आग्रह गरे। उनले देशमा विविध परिवर्तन गरेको कांग्रेस दलहरुबीच छुट्टै महत्वको भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.