आठ लाख रुपैयाँको अवैध चक्लेटसहित एकजना पक्राउ
बुटवल : राजश्व अनुसन्धान कार्यालय बुटवलले भारतबाट लुकाइछिपाइ ल्याइएका आठ लाख रुपैयाँ बराबरको अवैध चक्लेट बरामद गरेको छ । मंगलबार विशेष सुराकीका आधारमा चोरी पैठारी गरी ल्याएका विभिन्न ब्राण्डका एक सयवटा कार्टुन बरामद गरिएको हो ।
अवैध काममा संलग्न भारतको गोरखपुर बस्ने मुकेश राधेश्याम गुप्तालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत पशुपतीबाबु पुरीले जानकारी दिए ।
भारतबाट ल्याउँदै गरेका अवैध चक्लेट भैरहवा, बुटवललगायत क्षेत्रबाट बरामद गरिएको उनले बताए ।