उदयपुरमा हेमो डायलासिस सेवा सुरु

उदयपुरमा हेमो डायलासिस सेवा सुरु
सुन्नुहोस्

उदयपुर : जिल्ला अस्पताल उदयपुरमा मंगलबारदेखि हेमो डायलासिस सेवा सुरु भएको छ। स्वास्थ्य मन्त्रालयको सहयोगमा सुरु भएको सेवाको पूर्व परराष्ट्र मन्त्री एवं प्रतिनिधिसभा सदस्य डा. नारायण खड्काले उद्घाटन गरेका हुन्। 

उनले अब मिर्गौला रोगीलाई आर्थिक र समयको बचतमा सहयोग पुग्ने बताए। उनले छिमेकी जिल्लाका नागरिकलाई समेत डाइलासिस सेवा लिनका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए।

उनले अस्पतालमा बिरामीलाई आवश्यक पर्ने औषधि, उपकरण तथा जनशक्तिको अभाव हुन नदिने गरी संघीय सरकारसँग समन्वय गर्ने बताए। पूर्वमन्त्री खड्काले बिरामीको चाँपसँगै अस्पतालको भौतिक संरचनातर्फ भवन अभाव हुन नदिन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। 

डाइलासिस युनिटमा विशेषज्ञ डाक्टर रन्दिप राउतको नेतृत्वमा तीन जना प्राविधिक जनशक्ति कार्यरत रहने अस्पताल प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ज्ञानेन्द्र झाले बताए। उनले सेवालाई प्रभावकारी बनाउन अस्पताल व्यवस्थापन टिम लागिपरेको बताए। 

डाइलासिस युनिट प्रमुख डाक्टर राउतले एक पटकमा पाँच जना बिरामीलाई सेवा दिने गरी मेसिनहरू तयारी गरिएको बताए। उनले युनिटमा खटिने तीन जना कर्मचारीले तीन महिनाको तालिम प्राप्त गरेसँगै सेवा सुरु गरिएको बताए।  

डायलासिसका लागि सदरमुकामबाट मात्रै ६० जना बिरामीले अन्यत्रबाट सेवा लिइरहेको बताइएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विश्वकर्माले अस्पतालको सेवासुविधा प्रभावकारिताका हिसाबले कोसी प्रदेशकै उत्कृष्ट घोषणा भएपनि भौतिक संरचना र जनशक्तिमा अझै कमि भएको बताए। 

उनले २६ र ३६ करोडको लागतमा दुई वटा सुविधा सम्पन्न भवन निर्माणका लागि डिपिआर तयार भइसकेकाले सहयोगका लागि अनुरोध गरे। उनले अक्सिजन प्लाण्ट, जनेरेटर, वेड र जनशक्ति क्षमताको विस्तार गर्न सके फेरि पनि प्रदेशकै नमुना अस्पतालका रूपमा लैजान सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.