टिपरलाई किन सधैं हतारो ?

कहिले रोकिन्छ टिपर आतंक ?

लुम्बिनी प्रदेशमा दुई वर्षमै ४५ जनाको गयो ज्यान

कहिले रोकिन्छ टिपर आतंक ?

बुटवल : टिपरले सडकको ‘यमराज’ भनेर संज्ञा पाएको छ। यसले ठक्कर दिएर र किचेर सयौं व्यक्तिले ‘अकाल’मै ज्यान गुमाएका छन्। लुम्बिनी प्रदेशका १२ जिल्लामा पछिल्लो दुई आर्थिक वर्षमा टिपर दुर्घटनामा ४५ जनाको निधन भएको छ। ५५ जना गम्भीर र २४ जना सामान्य घाइते भएका छन्।

घरबाट यात्रामा निस्किँदा गन्तव्यमा नपुगुन्जेल आफन्तलाई मनमा त्रास हुने भनेकै ‘टिपर आतंक’कै हो। सडक दुर्घटनाको क्षेत्रमा ‘भय’का रूपमा हेर्ने गरिएको टिपर दुर्घटना रोक्न राज्य उदासीन देखिएको छ। जसलाई टिपर व्यवसायी र प्रहरी प्रशासनबीचको सेटिङले काम गरेको भनेर नागरिकको 
सर्वत्र गुनासो छ।

अन्य सवारीसाधनको तुलनामा टिपरको गति तीव्र हुने हुँदा अकालमै नागरिकले ज्यान गुमाउनुपरेको प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले बताए। ‘टिपरले किचेर गाउँका दुई भाइले भर्खरै कलिलै उमेरमा ज्यान गुमाए’, पोखरेलले भने, ‘उनीहरूको न्यायका निम्ति सडक आन्दोलनमा उत्रिँदा प्रहरीले पक्राउ गर्‍यो। तर, राज्यले टिपर आतंक रोक्नका लागि केही काम गरेन।’

टिपर दुर्घटना हुने थुपै्र कारण छन्। त्यसमध्ये प्रमुख कारण हो तीव्र गति। अर्को कारण चालकलाई भत्ताको लोप हो। जसकारण चालकले गाडी छिटो हुइक्याउँछन् र बाटो देख्दैनन्। सिमेन्ट उद्योग सञ्चालन भएको क्षेत्रमा चल्ने १० चक्के टिपरले बोक्ने क्षमता १८ टन भए पनि २०/२२ टन सम्म बोक्ने गर्छन्। यस्ता कैंयन् कारणहरू छन् जसले सडक दुर्घटना निम्तिाएको छ। सिंगो समाजलाई नै क्षति पुर्‍याएको छ। 
धेरै दुर्घटना रूपन्देहीमा लुम्बिनी प्रदेशका १२ जिल्लामा तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने १ सय ३१ वटा टिपर दुर्घटना भएका छन्। आव ०७७/७८ मा ७२, ०७८/७९ मा ५८ र ०७९/८० मा ३१ वटा टिपर दुर्घटना भएको सरकारी तथ्यांक छ। 

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश कार्यालय बुटवलका अनुसार पछिल्लो तीन आव र चालु आवको मंसिर महिनासम्म लुम्बिनीका १२ जिल्लामा कुल ४ हजार १ सय ४३ वटा सवारी दुर्घटना भएका छन्। त्यसमध्ये १ सय ६५ वटा दुर्घटना टिपरसँग सम्बन्धित छन्। सबैभन्दा धेरै रूपन्देहीमा ३९ र सबैभन्दा कम पूर्वीरुकुममा १ वटा टिपर दुर्घटना भएका छन्। त्यसमा गुल्मी शून्य छ। 

मामाभान्जाको गयो ज्यान

घरका जेठो छोरा सागर केसीले कलिलो उमेरमै धन कमाउन भारतको यात्रा तय गरे। १८ वर्षका उनी १४ वर्षको उमेरदेखि चेन्नई आउजाउ गरिरहेका थिए। जो यसपालि पनि भारत जानकै लागि घरबाट हिँडे। बुवा नरेशबाबु केसी उतै थिए। 

प्यूठानको नौवहिनी गाउँपालिका–६ लुङ निवासी केसीका कान्छा मामा दाङको घोराहीमा पढ्दै थिए। मामाभान्जाको भेट घोराहीमा भयो। एउटै उमेरका मामाभान्जा साथीभाइजस्ता थिए। सागर भोलिपल्ट भारत जानु थियो। तर, धन कमाउने अभिलासा बोकेर घरबाट हिँडेका केसीका अनगिन्ती सपना अधुरै रहे। 

मामासितको भेट उनका लागि अन्तिम बन्यो। उनका मामा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोट प्यूठान निवासी विशाल जिसीको पनि भान्जासितको त्यही भेट अन्तिम बन्न पुग्यो। उनीहरूलाई दाङको घोराही उपमहानगरपालिका–१० स्थित झारबैरा चोकमा राति पौने १० बजे टिपरले ठक्कर दियो। दुर्घटनास्थलमै दुवै जनाले अकालमै ज्यान गुमाए। 

मामा विशाल प्यूठानबाट पढ्नका लागि घोराही गएका थिए। कक्षा १२ मा पढ्दै गरेका जिसी र केसी मामाभान्जाको निधनले सिंगो गाउँ अहिले शोकमा छ। तुलसीपुरबाट घोराही जाँदै गरेको रा १ १३०७ नम्बरको टिपरले रा २ प ५५८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर ती कलिला मुनाहरू अस्ताए। टिपरले टिपरलाई ओभरट्याक गर्दा उनीहरूको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

गुम्यो सहारा

दुई वर्षअघि स्वर्गद्वारी मन्दिर दर्शन गर्न अटो रिक्सामा यात्रा गरेका प्यूठान नगरपालिका–३ घुर्चनेका बुवाछोराको निधन भयो। बुवा अमृत बिर्तामगर र छोरा सुशान्तलाई चेरनेटाको उकालोमा टिपरले किचेर दुर्घटनास्थलमै ज्यान गएको थियो। सँगै यात्रा गरेकी अमृतकी श्रीमती पुनम बिर्तामगर घाइते भइन्। दुर्घटनामा श्रीमान् र छोरालाई गुमाएपछि उनको पूरै सहारा गुम्यो। तीन छोरीको पालनपोषण र पठनपाठन गर्न उनलाई सकस परेको छ। छोरीहरू साना छन्।

जेठी छोरी (कक्षा १२) र कान्छी छोरी (एक कक्षा)लाई निःशुल्क पढ्नका लागि स्थानीय रेन्बो एकेडेमी बोडिङ स्कुलमा वडाध्यक्ष सुमनराज श्रेष्ठले आफ्नो व्यक्तिगत खर्चमा व्यवस्था मिलाइदिएका छन्। माइली छोरी स्थानीय मुक्ति माविमा कक्षा १० मा पढ्छिन्। टिपरकै कारण यी परिवारलाई कहिल्यै निको नहुने चोट पर्‍यो।

पत्रकारिताका आशालाग्दा अनुहार थिए कँडेल

बुटवलमा पत्रकारिता गर्दै आएका ३५ वर्षीय एनबी कँडेलको एक वर्षअघि तिलोत्तमाको जानकीनगरमा पछाडिबाट टिपरले ठक्कर दिँदा निधन भयो।

बुटवलबाट सञ्चालित ग्लोबल आवाज अनलाइन पत्रिकाका सम्पादक रहेका कँडेल बुटवलको पत्रकारितामा आशालाग्दो प्रतिभा थिए। घर सैनामैना नगरपालिकाको रानीबगहिया भए पनि कामको सिलसिलामा कँडेल श्रीमतीसहित एक छोरा र एक छोरीसँग बुटवलमा बस्थे। 

आमाको जन्मदिन मनाएको खुसी तीन घण्टामै लुटियो

टिपरले हानेर पाल्पाको जोरधारामा गत वर्ष गुल्मीको छत्रकोट गाउँपालिका–३ धरमपानीका ३२ वर्षीय जीवनबाबु पन्थको मृत्यु भयो। मोटरसाइकलमा सवार उनी जन्मथलो गुल्मीबाट कर्मथलो बुटवल आउँदै थिए। बुटवलमा व्यवसाय, राजनीति र सामाजिक काममा सक्रिय पन्थका श्रीमती र एक छोरी पनि बुटवलमै बस्थे। पन्थ आमा गुणाकलाको जन्मदिन मनाएर कर्मथलो बुटवलतर्फ फर्किंदै थिए। आमाको ७५औं जन्मदिन मनाउन उनी दुई दिनअघि गाउँ गएका थिए। 

तीन भाइमध्ये उनी कान्छो छोरा हुन्। १३ वर्षदेखि बुटवलमा बस्दै आएका पन्थ मिलनसार छविका थिए। आमासँग जन्मदिन मनाएर हर्षले फर्किंदै गरेका उनको खुसी तीन घण्टा पनि टिक्न पाएको थिएन। मोटरसाइकलमा आउँदै गरेका पन्थ पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित झुम्सामा टिपरले हानेर मृत्यु भए। लु १ क २६१४ नम्वरको टिपरले उनको लु ४४ प ५८०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका पन्थको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको थियो।

सहचालकको मृत्यु

प्यूठान नगरपालिका–८ स्थित खप्रेङखोलाका २४ वर्षीय केशवराज केसी टिपरमा सहचालक थिए। नौवहिनी गाउँपालिकाको फोप्लीबाट चुनढुंगा बोकेर गएको टिपर चेरनेटामा पल्टिदा उनको ०७५ सालमा मृत्यु भयो। एक मात्र छोरा गुमाएपछि परिवार विक्षिप्त बन्यो। टिपर दुर्घटना हुँदा चालक उत्तम दसौदी बाँच्न सफल भए। प्यूठानबाट दाङको कालाकाटेमा सञ्चालन भएको प्यूठान सिमेन्टमा चुनढुंगा पुर्‍याउने काम हाल रोकिएको छ। अस्तव्यस्त टिपर सञ्चालनका कारण प्यूठान–भालुवाङ सडक खण्डमा थुप्रैको मृत्यु भयो भने कैयाँं घाइते भएका छन्। प्यूठानका प्रशासनले टिपर सञ्चालन गर्दा प्रभावकारी अनुगमन र निर्देशन दिन सकेको थिएन्। जसको नागरिकहरूले पटक–पटक विरोध गरिरहे। 


यी त प्रतिनिधिमूलक घटना हुन्। टिपर आतंकले परिवार क्षतविक्षत र तहसनहस भएका सयौं घटना छन्। सर्वसाधारण नागरिकले टिपरलाई अकालमै ज्यान निल्ने साधनको रूपमा बुझ्ने गरेका छन्। 

प्यूठानको झिमरुक गाउँपालिका उपाध्यक्ष पोखरेलले टिपर चालकलाई निर्माण सामग्री ओसारपसार गर्दा ‘ट्रिपका’ आधारमा दिइने भत्ता सिस्टम हटाएर मासिक तलबमा काम गर्ने वातावरण मिलाउनुपर्ने सुझाव दिए। ‘चालकहरूले जति धेरै ट्रिप लग्यो त्यति धेरै पैसा पाउँदा रहेछन्’, पोखरेलले भने, ‘पैसाको लोभमा उनीहरू तीव्र गतिमा गुड्छन् र सडकमा आँखा देख्दैनन्।’ प्यूठानको फोप्लीबाट दाङको भालुवाङमा चुनढुंगा ओसारपसार गर्ने टिपरहरूले जिल्लामा दुर्घटना निम्ताएको उनले जानकारी दिए। 

व्यवसायी भन्छन्– ‘दुर्घटनामा दोष सरकारको’

सरकारकै कारण सडक दुर्घटनाको क्षति बेहोर्नुपरेको स्वर्गद्वारी टिपर यातायात प्रालिका अध्यक्ष भरतनाथ योगीले बताए। ‘हाम्रो प्रालिमा सुरुमा ७ सयवटा टिपर आबद्ध थिए’, उनले भने, ‘अहिले सबै सकिएर सञ्चालनमा आएका १ सय ५० वटा मात्र छन्। धेरै व्यवसायी यस क्षेत्रबाट पलायन हुँदै गए।’ 

देशमा उद्योगधन्दा सञ्चालन गर्नका लागि लगानीमैत्री वातावरण नभएको उनले दुःखेसो सुनाए। ‘मानिसहरू टिपरलाई मात्र दोष दिइरहेका छन्’, उनले भने, ‘तर, भित्री कारण के हो भन्नेमा कसैले चासो दिँदैनन्।’ 

उनले देशभरमा दाङसहित बनेपा र कपिलवस्तुको बाणगंगामा टिपर व्यवसायी संगठित भएको जानकारी गराए। उनका अनुसार दाङका टिपरले छिमेकी जिल्ला रोल्पा र अर्घाखाँचीका गरी ५ वटा सिमेन्ट उद्योगमा चुनढुंगा पुर्‍याउँछन्।

लुम्बिनी प्रदेशमा पर्याप्त स्रोत साधन र उपकरणको अभाव छ। जसले गर्दा ट्राफिक व्यवस्थापनमा हामीलाई काम गर्न चुनौती छ। गाडीको द्रुत गति मापन गर्ने राडरगन प्रदेशभरिमै २ वटा मात्र छन्। कहिले कुन जिल्ला कहिले कुन जिल्लामा डुलाउँछौं। कम्तीमा पनि १२ वटा जिल्लामा १२ वटा राडरगन भए गति मापन गर्न सहज हुन्थ्यो र दुर्घटना रोक्न सकिन्थ्यो।
कृष्ण प्रसाईं, प्रहरी उपरीक्षक एवं प्रदेश प्रमुख, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश, बुटवल

देशमा उद्योगधन्दा सञ्चालन गर्नका लागि लगानीमैत्री वातावरण छैन। मानिस टिपरलाई मात्र दोष दिइरहेका छन्। तर, भित्री कारण के हो भन्नेमा कसैले चासो दिँदैनन्। सरकारकै कारण देशमा सडक दुर्घटना भइरहेको छ।
भरतनाथ योगी, अध्यक्ष, स्वर्गद्वारी टिपर यातायात प्रालि, दाङ

टिपरले किचेर गाउँका दुई भाइहरूले कलिलै उमेरमा ज्यान गुमाए। उनीहरूको न्यायका निम्ति सडक आन्दोलनमा आउँदा प्रहरीले मसहित गाउँका दर्जनौं युवालाई पक्राउ गर्‍यो। राज्यले टिपर आतंक रोक्नका लागि आजसम्म केही पनि काम गरेको छैन। टिपरका चालकहरूलाई निर्माण सामग्री ओसारपसार गर्दा ‘टिपका’ आधारमा दिइने भत्तालाई पूर्णरूपमा खारेज गरेर उचित तलब दिने सिस्टम ल्याउनुपर्छ।
प्रमोद पोखरेल, उपाध्यक्ष, झिमरुक गाउँपालिका प्यूठान एवं संयोजक, मामाभान्जा पीडित संघर्ष समिति

गाउँका डाँडामा चुनढुंगा खानी छन्। त्यहाँ पुग्ने सडक सामान्यभन्दा पनि सामान्य खालका छन्। उद्योगहरूमा पुग्ने सडक अरूजस्तो हुनुहुँदैन। किनभने गाडीहरू धेरै भारका हुन्छन्। राज्यले कडाइका साथ बनाएको नियम लागू नगर्दा समस्या निम्तिने गरेको छ। नेपालका सडकहरू उद्योगमैत्री नहुनु, साँघुरा, घुम्ती र ग्रेट नमिलेका हुनुले पनि समस्या छ।
मधुर शर्मा, व्यवसायी एवं सामाजिक अगुवा

चालकले प्रतिमहिना ७ हजार रुपैयाँ मात्र तलब पाउँछन्। दिनको १ हजार २ सय ५० रुपैयाँ भत्ता बुझ्छन्। सामान्य तलब बुझ्ने चालकहरूले त्यही भत्ताको लोभमा गाडी कुदाउँछन्।

फितलो नीति

प्यूठान नगरपालिका–२ दाखाक्वाडीका व्यवसायी एवं सामाजिक अगुवा मधुर शर्मा पनि फितलो देशको नीतिको कारण दिनहुँ दुर्घटनाका खबर सुन्नुपरेको प्रतिक्रिया दिन्छन्। ‘गाउँका डाँडामा चुनढुंगा खानी छन्, त्यहाँ पुग्ने सडक सामान्यभन्दा पनि सामान्य खालका छन्’, शर्माले भने, ‘उद्योगहरूमा पुग्ने सडक अरूजस्तो हुनुहुँदैन। किनभने गाडीहरू धेरै लोडका हुन्छन्।’ 

राज्यले कडाइका साथ बनाएको नियम लागू नगर्दा समस्या निम्तिने गरेको उनको अनुभव छ। नेपालका सडकहरू उद्योगमत्री नहुनु, साँघुरा, घुम्ती र ग्रेट नमिलेका हुनुले पनि समस्या भइरहेको शर्माले सुनाए।

अन्य गाडीको तुलनामा टिपरको ब्रेक कम लाग्ने र अग्लो हुने भएकाले पनि दुर्घटना हुने गरेको प्यूठानका एक चालकले अनुभव सुनाए। ‘कतिपय ठाउँमा त सानो जिप पनि देखिँदैन्’, उनले भने, ‘चालककै कारणले मात्र दुर्घटना भएको होइन्, हामीहरूलाई पनि शरिरको मायाँ हुन्छ नि !’

ट्राफिक जाँचमा उपकरण अभाव

अन्य सवारी दुर्घटना हुँदा प्रायः घाइते हुन्छन्। तर, टिपर दुर्घटनामा ठाउँका ठाउँ मृत्यु नै हुने गरेको अनुभव ट्राफिक प्रहरीसँग छ। टिपर दुर्घटनामा धेरै मानिस दुर्घटनास्थलमै मृत्यु हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेश प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बताए।

‘टिपरका चालकलाई बेला–बेलामा तालिमहरू पनि दिने गरेका छौं’, प्रसाईंले भने, ‘तर, सोंचेअनुसार दुर्घटनामा कमी आउन सकेको छैन।’

उनले लुम्बिनी प्रदेशमा पर्याप्त स्रोत साधन र उपकरणको अभावमा ट्राफिक व्यवस्थापनमा चुनौती देखिएको दुःखेसो सुनाए। ‘गाडीको द्रुत गति मापन गर्ने राडरगन प्रदेशभरिमै दुइटा मात्र छन्’, उनले भने, ‘कहिले कुन जिल्ला कहिले कुन जिल्ला डुलाउँछौं।’ तराईका जिल्लामा राख्नका लागि भए पनि राडरगन कम्तीमा ६ वटा आवश्यक परेको उनले बताए। सम्बन्धित जिल्लाका स्थानीय तहहरूले पनि ट्राफिक व्यवस्थानमा साथ दिन प्रसाईंले आग्रह गरे। 

सडकको दुरवस्थाले पनि दुर्घटना 

टिपर दुर्घटना बढ्नुमा पहिलो कारण सडकको अवस्था पनि रहेको सडक पूर्वाधार विकास कार्यालय, रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले बताए।

null

उनका अनुसार दुर्घटनाको दोस्रो कारण सवारी साधनको अवस्था र तेस्रो सवारी चालकको अवस्था रहेको छ। यी तीन कारणमध्ये दुई वा दुईभन्दा बढी कारणहरू मिले दुर्घटना निम्तिने उनको भनाइ छ। यात्रुबाहक सवारीहरूको तुलनामा टिपर दुर्घटनामा चालकहरूको लापरवाही धेरै देखिने हुँदा दुर्घटना पनि बढिरहेको उनले बताए।

यी हुन् दुर्घटनाका कारण

  • तीव्र गति।
  • चालकलाई भत्ताको लोभ।
  • मादक पदार्थ सेवन।
  • चालकको लापरवाही।
  • ट्राफिकसँग उपकरणको अभाव।
  • ट्राफिक नियमको पालना र सुरक्षित यात्राप्रति उदासीन
  • प्राविधिक रूपमा अध्ययन नगरी सडक निर्माण गर्नु। 
  • टाइम कार्ड लागू नहुनु। 
  • प्रहरी/प्रशासनको सेटिङमा टिपर चल्नु।
  • चालक अनुमतिबिना टिपर चलाउनु।
  • लागुपदार्थ सेवन गर्नु। 
  • ट्राफिक चेकजाँचमा पैसा बुझाएर पास हुनु। 
  • तौल जोख्ने धर्मकाँटा प्रयोग नगर्नु। 
  • सडकको भारवहन गर्ने मापदन्ड नतोकिनु, अनुगमन नहुनु
  • क्षमताभन्दा अत्यधिक बढी निर्माण सामग्री बोक्नु। 
  • भारवहन क्षमताका कारण सार्वजनिक सडक लथालिंग नहुनु।
  • उद्योगमैत्री सडक नहुनु। 
  • चुनढुंगा खानीमा पुग्ने सडक साँघुरा, घुम्ती र ग्रेट नमिलेका हुनु।
  • टिपरको मर्मतसंभार समयमै नहुनु।
  • उद्योग सञ्चालन र व्यवस्थापनमा सरकारको प्रभावकारी नीति नहुनु।
  • तीव्र गति।
  • चालकलाई भत्ताको लोभ।
  • मादक पदार्थ सेवन।
  • चालकको लापरवाही।
  • ट्राफिकसँग उपकरणको अभाव।
  • ट्राफिक नियमको पालना र सुरक्षित यात्राप्रति उदासीन
  • प्राविधिक रूपमा अध्ययन नगरी सडक निर्माण गर्नु। 
  • टाइम कार्ड लागू नहुनु। 
  • प्रहरी/प्रशासनको सेटिङमा टिपर चल्नु।
  • चालक अनुमतिबिना टिपर चलाउनु।
  • लागुपदार्थ सेवन गर्नु। 
  • ट्राफिक चेकजाँचमा पैसा बुझाएर पास हुनु। 
  • तौल जोख्ने धर्मकाँटा प्रयोग नगर्नु। 
  • सडकको भारवहन गर्ने मापदन्ड नतोकिनु, अनुगमन नहुनु
  • क्षमताभन्दा अत्यधिक बढी निर्माण सामग्री बोक्नु। 
  • भारवहन क्षमताका कारण सार्वजनिक सडक लथालिंग नहुनु।
  • उद्योगमैत्री सडक नहुनु। 
  • चुनढुंगा खानीमा पुग्ने सडक साँघुरा, घुम्ती र ग्रेट नमिलेका हुनु।
  • टिपरको मर्मतसंभार समयमै नहुनु।
  • उद्योग सञ्चालन र व्यवस्थापनमा सरकारको प्रभावकारी नीति नहुनु। 
     

    यो पनि पढ्नुहोस

     

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.