सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाकै नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन
काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ। बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिले सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको हो।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो।
पोखरेल र ढकाल कानुनी व्यवसायी हुन् भने अन्य चारजना उच्च अदालतका न्यायाधीश हुन्।
सिफारिस न्यायाधीशको सोमबार संसदीय सुनुवाइ सकिएपछि आज निर्णय सुनाएको हो। उनीहरूको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएकाले अब राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नेछन्।
सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेपछि मात्रै नियुक्त हुने संवैधानिक व्यवस्था छ।
प्रतिक्रिया दिनुहोस !