सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशले लिए शपथ
काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरूले शपथ लिएका छन्। बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष नवनियुक्त न्यायाधीशहरूले शपथ लिएका हुन्।
न्यायाधीशमा सारङ्गा श्रेष्ठ,अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
बुधबार राष्ट्रपति पौडेलले ६ जनालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका थिए। बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिले सिफारिस भएका ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो।