बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
![बारामा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/motorcycle-accident-sign_20220201031850_IcU3VNyads_JJssO0Ht84.jpg)
सिमरा : बाराको प्रसौनी गाउँपालिका- २ स्थित दुधौरा पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा कलैया उपमहानगरपालिका - १३ बलिरामपुरका २३ वर्षीय कुन्दन मेहता र कलैया उपमहानगरपालिका-१२ शितलपुरका २२ वर्षीय अभिमनु कुशवाहाको मृत्यु भएको हो। कुन्दन वडाध्यक्ष राजेश मेहताका छोरा हुन् ।
कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३-०३० प ४३९८ नम्बरको मोटरसाइकल करिब १२ बजे पुलमा ठोक्किएर दुर्घटना भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार कुन्दनको एलएस न्युरो अस्पताल र अभिमनुको नेशनल मेडिकल कलेज उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)