मुख्य सडकमै जथाभावी पार्किङ

मुख्य सडकमै जथाभावी पार्किङ
सुन्नुहोस्

टीकापुर : टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको ६ लेन सडकमै जथाभावी पार्किङ हुने गरेको छ। ६ लेन सडकको सर्भिस लेनमा रहेका बैंक तथा वित्तीय संस्था, व्यापारिक फर्म अगाडि जथाभावी पार्किङ हुने गरेको हो। सडकमा पार्किङ गर्ने ठाउँ नहुँदा सडकमै साइकल, बाइक तथा गाडीहरू पार्किङ हुने गरेका छन्। 

सर्भिस लेनमा रहेका बैंक तथा वित्तीय संस्था अगाडि जथाभावी पार्किङ हुँदा आवतजावतमा समस्या हुने गरेको टीकापुर नगरपालिका-३ का धनु चौधरीले बताए। ‘हाटबजार अगाडि रहेको ग्लोबल आइएमई बैंकको बाटो त सधैं जाम नै हुन्छ’ चौधरीले भने ‘६ लेन सडकको सर्भिस लेनमा सहजै आवतजावत हुनुपर्नेमा पार्किङले सास्ती खेप्नु परिरहेको छ।’

मुख्य सडकमा रहेको सिद्धार्थ बैंक, एनआएसी एसिया बैंक, महालक्ष्मी बैंक, नबिल बैंक, सनराइज लक्ष्मी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, सानिमा बैंक तथा ग्लोबल आइएमई बैंक अगाडि जथाभावी पार्किङ हुने गरेको छ। 

व्यवस्थित प्लानिङ सहरका रूपमा रहेको टीकापुरमा पार्किङका लागि छुट्याइएका स्थानहरूको प्रयोगमा नगरपालिकाले ध्यान दिन नसकेपछि सेवाग्राहीहरू पार्किङको समस्या भोग्दै आएको टीकापुरकै तारा खड्का बताउँछन्।

‘टीकापुरमा चौडा र फराकिला बाटोहरूको समस्या छैन, पार्किङ गर्ने स्थानहरूको पनि व्यवस्था छ’ खड्काले भनिन् ‘तर ती स्थानहरूको प्रयोग गर्नेतर्फ नगरपालिकाले ध्यान दिन नसक्दा जथाभावी पार्किङ हुने गरेको छ, यसले शहर कुरुप हुनुका साथै सेवाग्राहीले समेत सास्ती खेप्दै आएका छन्।’ 

मुख्य सडक मात्र नभएर टीकापुरस्थित मालपोत कार्यालय, नापी कार्यालय, प्रशासन कार्यालयमा समेत पार्किङको समस्या छ। सेवाग्राहीको दैनिक भीडभाड हुने कार्यालय क्षेत्रमा पार्किङको कुनै व्यवस्था नहुँदा दुर्घटनाको जोखिम बढेको स्थानीय वीरेन्द्र धामीले बताए। ‘दैनिक नागरिकता बनाउने, पासपोर्ट बनाउन, जग्गाको कारोबार गर्ने, मालपोत र नापीमा आउने सेवाग्राहीका लागि पार्किङ गर्ने ठाउँ नै छैन’ धामीले भने ‘सेवाग्राहीले बाटोमै पार्किङ गर्दा बाटो साँघुरो भएर दुर्घटनाको जोखिम हुने गरेको छ।’

यता, टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाह बाटोको उपयोगिताबारे सचेतना जगाउन आवश्यक रहेको बताए। ‘बाटोमा बनाइएका लेनको प्रयोगबारे सर्वसाधारणलाई सचेतना जगाउन आवश्यक रहेको छ’ उपप्रमुख शाहले भने ‘नगरपालिका, ट्राफिक प्रहरीसँगको सहकार्यमा पार्किङको समस्या समाधानका लागि पहल गरिरहेको छ, समस्याबारे हामी सचेत छौं। आमसर्वसाधारणले समेत सचेत भइदिन जरुरी छ।’

बजार क्षेत्रका मुख्य सडकमा बढिरहेको चाप र अवस्थित पार्किङका कारण दुर्घटना हुनेतर्फ सचेत रहन समयमै पार्किङ व्यवस्थापनमा नगरपालिकाले ध्यान दिन जरुरी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.