अपराध गर्न कसैलाई छुट छैन : महानिरीक्षक कुँवर

अपराध गर्न कसैलाई छुट छैन : महानिरीक्षक कुँवर
सुन्नुहोस्

मुगु : नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले समाजमा हुने सबै खाले अपराध निर्मूल पार्न प्रहरी कटिबद्ध रहेको बताएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा मुगु आएका महानिरीक्षक कुँवरले यस्तो बताएका हुन्।

उनले स्थानीय नागरिकको साथ पाए प्रहरी अपराध अनुसन्धानमा सफल हुने बताउँदै त्यसका लागि नागरिकको जागरुपता पनि आवश्यक रहेको बताए। उनले भने,'प्रहरीभित्र पनि आन्तरिक सुदृढीकरण भइरहेको छ। एक दुई जना गलत व्यक्तिले गरेको गलत कार्यको भार समग्र संगठनले बोक्न सक्दैन। कोही कसैलाई पनि गल्ती गर्ने छुट पनि छैन।'

जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको आइतबार उद्घाटन गरिएको छ। २०२२ सालमा स्थापना भएको कार्यालय हालसम्म जीर्ण भवनमा सञ्चालनमा रहेको थियो। 

भवन निर्माणका लागि रोयल कन्ट्रक्सन धनगढी कैलालीसँग ७ करोड ५६ लाख ६३ हजार रुपैयाँमा २०७६ माघ ६ गते निर्माण सम्झौता गरिएको थियो। 

भवनमा कार्यालय भवन, ब्यारेक, कार्यालय प्रमूख तथा सिनियर अधिकृत निवास, हिरासत कक्ष, भान्छा लगायतका सबै संरचनाहरू सुविधायुक्त निर्माण गरिएको छ।     

        


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.