पोखरामा कारको ठक्करबाट २ युवकको मृत्यु
![पोखरामा कारको ठक्करबाट २ युवकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/accident_20220221115319_IpVq6lk0XZ_urgh6f16Et.jpg)
गण्डकी : कास्कीको पोखरा महानगरपालिका–५ प्रस्याङमा गए राति कारले ठक्कर दिँदा दुईजना पैदलयात्रीको मृत्यु भएको छ । बागलुङ बसपार्कबाट जिरो किमीतर्फ जाँदै गइरहेको कारले ठक्कर दिँदा पोखरा–३ नदीपुरका २० वर्षीय ढोलन्द्र छन्त्याल र परिचय नखुलेका अर्का एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि कारचालक फरार छन् । निजको खोजी भइरहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)