मुस्ताङका किसान स्याउको बगैंचा व्यवस्थापन गर्दै

मुस्ताङका किसान स्याउको बगैंचा व्यवस्थापन गर्दै
सुन्नुहोस्

जोमसोम : मुस्ताङका स्याउ किसान बगैंचा व्यवस्थापनमा जुटेका छन्। कात्तिक महिनामा स्याउ टिपेर सकाएपछि किसानले बगैंचा व्यवस्थापनको काम गर्दै आएका छन्। 

बर्सेनि हिउँदयामको पुस र माघ महिनामा स्याउ बगैंचा व्यवस्थापन तथा काँटछाँट गर्ने र त्यसपछि आशिंक रुपमा स्याउको व्यवस्थापन गर्ने गरिन्छ। 

स्याउको उत्पादन, संकलन तथा बजारीकरण गरिसकेपछि हिउँदयामको चिसो मौसममा स्याउ बगैंचा व्यवस्थापन गरिँदै आएको घरपझोङ-४ जोमसोमका किसान अजित थकालीले जानकारी दिए

उपल्लो मुस्ताङमा अत्यधिक चिसोका कारण स्थानीय बेसी झर्ने परम्पराले फागुन १५ गतेसम्म बगैंचा व्यवस्थापन गरिन्छ। किसानले अहिले स्याउ बगैंचामा गोडमेल गर्ने, सिँचाइ गर्ने, मलजल गर्ने, रोग कीरा आदिको प्रकोप नियन्त्रणका लागि विषादी छर्किने र स्याउ बोटमा फैलिएका अनधिकृत हाँगाबिँगाको काँटछाँट गर्ने काम गरिरहेका छन्। 

स्याउ बोटलाई फर्मल इन्फेक्सनका कारण बोटमा कटिङ्‍को घाउ बढ्न नदिन र प्रकोप नियन्त्रणका लागि स्याउको अनधिकृत हाँगा काँटछाँट गर्नुपर्ने कृषि ज्ञान केन्द्र मुस्ताङका कार्यालय प्रमुख प्रकाश बस्ताकोटीले बताए। 

मुस्ताङमा १४९५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ। जसमध्ये ५८५ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउले उत्पादन दिने गरेको केन्द्रले जनाएको छ। 

मुस्ताङमा मुख्य गरी उन्नत जातका रेड डेलिसियस, रोयल डेलिसियस, गोल्डेन डेलिसियस र रिचारेड डेलिसियस स्याउ उत्पादन हुन्छ। आर्थिक वर्ष २०८०/०८१ मा मुस्ताङमा ४ हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.