सामसङले ल्यायो ग्यालेक्सी ए२५ फाइफ जी

काठमाडौं : सामसङले नेपाली बजारमा ग्यालेक्सी ए२५ फाइभ जी लिएर आएको छ। यो अत्यन्त छिटो चार्ज हुने, धेरै समय चलिरहने ब्याट्रीको साथ साथै लामो समयका लागि अद्यावधिक ओएस युक्त स्मार्टफोन हो।
यो स्मार्टफोनले फुल एचडी प्लस रिजोलुसन र भिजन बूस्टरका साथ ६.५ इन्चको सतहयुक्त सुपर एमोएलइडी स्क्रिन प्रदान गरेको छ। यस फोनको अगाडि पट्टि १३ एमपीको सेल्फी क्यामराजडित छ।
पछाडि ओआईएस र भीडीआईएस (ईआईएस) युक्त ५० एमपीको मुख्य क्यामरा रहेको छ। जसले प्रयोगकर्ताहरुलाई स्थिर, धमिलोरहित फोटो र भिडियोहरु खिच्न सहयोग गर्नेछ। यसका साथै यसमा ८ एमपी अल्ट्रा वाइड कयामरा र २ एमपि म्याक्रो क्यामरा पनि अतिरिक्त रहेको छ।
यस स्मार्टफोनमा एक्सीनोस १२८० प्रोसेसर जडित छ। यसमा १२० हर्जको फोन रिफ्रेस दर पनि रहेको हुँदा सञ्चालन प्रणाली निर्वाध सुचारु रहन्छ। सामसङ ग्यालेक्सी ए२५ फाइभ जीसँग सामसङ नक्स भल्टको साथ छ। जसले तपाईंको फोनलाई कुनै पनि हार्डवेयरको आक्रमणले छुन दिँदैन।
ग्यालेक्सी ए २५ फाइभ जीको ५ हजार एमएएच ब्याट्री रहेको छ भने २५ वाटको टाइप सी चार्जरको सहायताले तुरुन्तै रिचार्ज समेत गर्न सकिनेछ। कम्पनीले ग्यालेक्सी ए२५ ५जि दुई थरीको ८जिबि र्याम र १२८–२५६ आन्तरिक स्टोरेजमा उपलब्ध गराएको छ।
यसमा माइक्रो एसडि कार्डको प्रयोग गरी थप १ टिबिसम्म स्टोरेज क्षमता बढाउन सकिन्छ। यो फोन गाढा निलो, निलो र पहेंलो गरी ३ रंगमा उपलब्ध छ। यो स्मार्टफोन हाल ८/१२८ जिबिका लागि ४० हजार ९९९ र ८/२५६ जिबिका लागि ४४ हजार ९९९ रुपैयाँ बजार मूल्य तोकिएको छ।
ग्राहकले देशभरका आधिकारिक सामसङ स्टोरहरूमा उपलब्ध सामसङ इन्स्टा फाइनान्समार्फत् शून्य प्रतिशत ब्याजदरमा सजिलो मासिक किस्ता तिरेर मोबाइल लिन सक्ने छन्।
प्रतिक्रिया दिनुहोस !
