बालकुमारीमा आगजनी भएको गाडी यातायात मन्त्री ज्वालाको भएको पुष्टि

बालकुमारीमा आगजनी भएको गाडी यातायात मन्त्री ज्वालाको भएको पुष्टि

काठमाडौं : ललितपुरको बालकुमारीमा आगजनी भएको सरकारी गाडी भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको भएको खुलेको छ।  ललितपुर प्रहरीका अनुसार मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको हो।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले शुक्रबार मध्यान्नतिर गाडीमा आगजनी गरेका थिए।

प्रदर्शनकारीहरूले मन्त्री ज्वाला चढेको गाडी रोकेर सुरुमा  हावा फुस्काइ दिएका थिए। त्यसपछि आगो लगाएका थिए। आगजनीबाट  बा २ झ  ५८६१ नम्बरको गाडी ध्वस्त भएको छ।

आगजनीका कारण कोटेश्वर-कलंकी सडकको यातायात प्रभावित भएको छ भने बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ। सो क्षेत्रमा सवारी साधानको लामो जाम भएको छ।

इपीएस कार्यालयले इपीएस कोरिया भाषा परीक्षको सिप बिल्डिङ (पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएकामध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिने निर्णय गरेको थियो।

सो निर्णयविरुद्ध केही परीक्षार्थीहरूले अदालतमा रिट दिएका थिए। सो रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले आवेदन दिन पाउनेगरी अन्तरिम आदेश दिएको  थियो।

आदेशमा रिट दायर गरेका १८ जनाको पक्षमा मात्रै आवेदन दिन पाउने आदेश  आएपछि सोहीअनुसार इपीएस कार्यालयले आवेदन दिन पाउने व्यवस्था गरेको थियो। इपीएस कार्यालयको सो निर्णयविरुद्ध परीक्षार्थीहरु आन्दोलित बनेका हुन्।

सीप बिल्डिङमा  २५  हजार बढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। भविष्यमाथि खेलवाड भएको भन्दै इपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन्।


 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.