साढे ५ सय किसानले गरे निःशुल्क माटो परीक्षण

साढे ५ सय किसानले गरे निःशुल्क माटो परीक्षण
सुन्नुहोस्

बुटवल : बुटवलमा जारी लुम्बिनी एक्स्पोमा सञ्चालन गरिएको निःशुल्क माटो परीक्षणमा ५ सय ३० जना किसानले सेवा लिएका छन्। प्रदेशका विभिन्न जिल्लाबाट आएका किसानहरूले निःशुल्क माटो परीक्षण गराएका हुन्। 

कृषि विकास निर्देशनालय बुटवलको सहआयोजना र माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेको प्राविधिक सहयोगमा माटो परीक्षणको व्यवस्था गरिएको कृषि उपसमिति सदस्य बाबुराम खनालले जानकारी दिए।

माटो परीक्षणका क्रममा रूपन्देही र पाल्पाका व्यावसायिक किसानहरूले ल्याएका माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून भएको पाइएको छ। कृषिमै भविष्य देखेका तिनाउ गाउँपालिका पाल्पाका पिताम्बर गाहाले बिनापैसा माटो परीक्षण गराउन पाएकोमा खुसी व्यक्त गरे।

हालसम्म गर्दै आएको खेतीको माटोमा प्रांगारिक पदार्थको मात्रा न्यून र अम्लीयपन बढी देखिएपछि माटोलाई सुधार गरेर खेतीपाती गर्ने योजना बनाएको उनले बताए। माटो तथा मल परीक्षण प्रयोगशाला बाँकेको प्राविधिक टोलीले माटोको नमुना परीक्षण गर्दा प्रांगारिक पदार्थको मात्रा अत्यन्तै न्यून भएको पाइएको बताएका छन्। 

प्रांगारिक पदार्थ बढाउनुपर्ने प्राविधिक टोलीले बताएको छ। प्राविधिक टोलीका अनुसार फष्फोरसको मात्रा पनि कम पाइएको छ भने पोटासको मात्रा मध्यम छ। 

माटोमा प्रांगारिक पदार्थको मात्रा वृद्धि गर्नका लागि एकीकृत कृषि पद्धति अपनाउन प्राविधिक टोलीले किसानहरूलाई सुझाव दिएका छन्। रुपन्देही व्यापार संघको आयोजनामा बुटवलको प्रदर्शनी केन्द्रमा पुस ५ गतेदेखि लुम्बिनी एक्स्पो जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.