गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु

गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु
सुन्नुहोस्

गल्मी : गुल्मी अस्पतालमा डायलासिस सेवा सुरु भएको छ। यही पुस ९ गते र १२ गते एक बिरामीलाई डायलासिस सेवा प्रदान गरेसँगै अस्पतालमा अब नियमितरुपमा सेवा सुरु हुने भएको हो। 

जिल्लाको रेसुंगा नगरपालिका–८ का देविराम खनालको अस्पतालले सफल डायलासिस गरेको हो। गुल्मीमै डायलासिस सेवा सुरु भएसँगै सेवा लिनका लागि पाल्पा, बुटवललगायत स्थानमा जानुपर्ने गुल्मेलीको बाध्यता अन्त्य हुने भएको छ। 

डायलासिस सेवाका लागि अस्पतालमा पाँच मेसिन छन्। त्यसमध्ये तीन वटासम्म नियमित सञ्चालन गर्न सकिन्छ भने बाँकी दुई वटा वैकल्पिकरुपमा राख्नुपर्ने हुन्छ। डायलासिस सेवाका लागि अस्पतालमा एक विशेषज्ञ डाक्टर र एक नर्सको व्यवस्था गरिएको छ। एक बिरामीले हप्तामा दुईपटक डायलासिस गराउनुपर्छ। एकपटकमा झण्डै पाँच घण्टा लाग्छ। 

अस्पतालमा हप्तामा नौ जनालाई डायलासिसको सेवा प्रदान गर्न सकिने अस्पतालका जनस्वास्थ्य निरीक्षक बोम अर्यालले जानकारी दिए। डायलासिस गर्ने जनशक्ति थप गर्नसकेमा सोही सामग्रीबाट दुई वा तीन सिफ्टमा सेवा दिन सकिने र त्यसबाट अधिकतम बिरामी लाभान्वित हुने अर्यालको भनाइ छ। 

नेपाल सरकारले एकपटक डायलासिस गराएको रु दुई हजार पाँच सय दिने गरेको छ। गुल्मी अस्पतालले स्वास्थ्य सेवा विभागबाट डायलासिस सेवाको अनुमति नपाएकाले उक्त सुविधा पाएको छैन। खनालको सफल उपचार गरेसँगै अस्पतालका डायलासिस गर्ने सामग्रीलगायत सबै प्राविधिक पक्ष ठीक भएको प्रमाणित भएकाले अब आधिकारिक रुपमै विभागबाट पत्र आउने अर्यालको भनाइ छ। 

सो अस्पतालमा डायलासिस गराएका खनालले गत वर्षको माघ १७ गतेदेखि काठमाडौंमा डायलासिस गराउन सुरु गरेका हुन्। तीन महिना अगाडिबाट पाल्पाबाट सेवा लिएका खनाल अब जिल्लाकै अस्पतालबाट सेवा लिने पहिलो बिरामी बनेका छन्। पहिलो बिरामी भएकाले खनालको उपचार गुल्मी अस्पतालले निःशुल्क रुपमा गरेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.