महिनाको अन्तिम शनिबार रारामा सरसफाई

महिनाको अन्तिम शनिबार रारामा सरसफाई
सुन्नुहोस्

मुगु : हरेक महिनाको अन्तिम शनिबार रारा तालको सरसफाई गरिने भएको छ। रारामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको र तालको सुन्दरता जोगाइराख्न नेपाल विद्यार्थी संघ मुगुले सरसफाई गर्न लागेको हो। 

तालमा फोहोर बढ्दै गएको कारण तालको सुन्दरता हराउँदै जाने जोखिम बढेपछि संघका कार्यबाहक अध्यक्ष बालचन्द्र कार्कीले बताए। उनका अनुसार फोहोर व्यवस्थापनका लागि प्रत्येक महिनाको अन्तिम शनिबार सरसफाई गरिने छ। 

सडक र हवाई क्षेत्र सहज हुन थालेपछि रारा क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढ्दै गएको छ। रारा ताल क्षेत्रमा रारा राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले सरसफाई गर्दै आएका छन्। 

कार्कीले आफ्नो नेतृत्वमा शनिबार गरिएको सरसफाईका ४० बोरा फोहोर संकलन गरी बिर्सजन गरिएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.