प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलको उपाधि आयोजक तुंखा एफसीलाई

प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबलको उपाधि आयोजक तुंखा एफसीलाई
सुन्नुहोस्

धनकुटा : प्रथम मंसिर पूर्णिमा आमन्त्रित फुटबल कप प्रतियोगिताको उपाधि आयोजक तुंखा फुटबल क्लबले जितेको हो। ​​​​​साँगुरीगढी गाउँपालिका-५ तुंखा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा थाप्रोङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै आयोजक तुंखा एफसीले उपाधि जितेको हो। 

उपाधिसँगै तुंखा एफसीले नगद ५५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता थाप्रुङ एफसीले नगद ३२ हजार ५ सय रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझायो। 

निर्धारित समय एक/एक गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो। पेनाल्टी सुटआउटमा थाप्रुङका भिमन चेम्जोङ र वुद्ध चेम्जोङले गोल मिस गरेपछि तुंखा ४–३ ले विजयी भएको थियो। 

यसअघिको खेलमा तुंखाका लागि सन्दीप लिम्बु र थाप्रुङका लागि नरेन्द्र विकले गोल गरेका थिए। पेनाल्टी सुटआउटमा तुंखाका लागि रुपेश याखा, उमेश कार्की, योगेश थेगिम र सन्दीप लिम्बूले गोल गरेका थिए भने विपिन जगेवुको प्रहार थाप्रुङका गोलकिपर अनन्तदीप राईले रोके थिए। 

थाप्रुङका लागि आशिष चेम्जोङ, विश्व चेम्जोङ र विरेन चेम्जोङले मात्र गोल गर्न सफल भएका थिए। भिवन चेम्जोङ र वुद्ध चेम्जोङको प्रहार तुंखाका गोलकिपर खगेन्द्र भण्डारीले रोकेका थिए।  

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तुंखा एफसीका योगेश थेगिम लिम्बु घोषित भए। उनले ट्रफी नगद १५ सय प्राप्त गरे। त्यस्तै विधागततर्फ तुंखा एफसीका खगेन्द्र भण्डारी उत्कृष्ट गोलकिपर सँगै फाइनल खेलको म्यान अफ द म्याच घोषित भए। 

थाप्रुङका विश्व लिम्बू उत्कृष्ट डिफेन्स, तुंखाका सन्दिप लिम्बूले प्रतियोगिताभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता र तुंखाका एफसीका उपेन देवान उदयीमान खेलाडी घोषित भए। विधागत रुपमा उत्कृष्ट भएका खेलाडीहरूले ट्रफी सँगै १५ सय पुरस्कार प्राप्त गरेका थिए। 

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, निवर्तमान गाउँपालिका अध्यक्ष कुमारजंग याखा, साँगुरीगढी गाउँपालिका-५ का वडाध्यक्ष खड्ग लिम्बू, धनकुटा जिल्ला फुटबल संघका उपाध्यक्ष मणि देवान लगायतले पुरस्कार वितरण गरेका थिए। 

तुंखा फुटबल क्लबको आयोजनामा पहिलो पटक सञ्चालन भएको उक्त प्रतियोगितामा  १२ टिमको सहभागिता रहेको थियो। गत पुस ११ गतेदेखि सञ्चालन भएको प्रतियोगितालाई सम्पन्न गर्नका लागि देश तथा विदेशमा रहेका तुंखावासीहरूले आर्थिक सहयोग गरेका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.