१५ दिनभित्र राहदानी लैजान जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निकाल्यो सूचना
सिन्धुपाल्चोक : जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सेवाग्राहीहरुलाई १५ दिन भित्रमा आफ्नो राहदानी लिन आउन सूचना जारी गरेको छ । दश वर्ष अघिदेखि एमआरपी तथा ई–पासपोर्टको लागि निवेदन दिएका १५ सय बढी राहदानी कार्यालयमा थन्किएपछि लैजान सूचना जारी गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले बताए ।
गत असार मसान्त अगाडि राहदानीको लागि निवेदन दिएका सेवाग्राहीलाई पुष मसान्त भित्रमा लिन आउन प्रशासनद्वारा जारी सूचनामा भनिएको छ । तोकिएको समय भित्रमा सेवाग्राहीले राहदानी लिन नआए सम्बन्धित स्थानीय तहमा पठाउने तयारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।