मुस्ताङका समस्या सम्बोधन गर्न आदेश

मुस्ताङका समस्या सम्बोधन गर्न आदेश

जोमसोम : मुस्ताङका २ दर्जनबढी समस्यालाई निराकरण गर्न माग राख्दै बुझाइएका दुई दर्जन बढी ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तोक आदेश दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मुस्ताङ आएको बेला बुझाइएका ज्ञापनपत्रहरूको सम्बोधन गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सम्बन्धित मन्त्रालय र विभागलाई पत्राचार गरी तोक आदेश दिएको हो।

सोमबार मुस्ताङको जोमसोममा आयोजित नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी, विशेष रुपान्तरण अभियानको समापन कार्यक्रममा यसअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठ समक्ष पेश गरिएका ज्ञापनपत्रलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्यान्वयनका लागि तोक आदेश दिएको बताइएको छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण आयोजनाद्वारा गत असोजमा मुस्ताङको जोमसोममा आयोजित जलवायु सम्वाद कार्यक्रममा प्रधानमन्त्री दाहालसमक्ष पेश गरिएका ज्ञापनपत्र र कागबेनी बाढी प्रभावित क्षेत्रको अवलोकन तथा निरीक्षणका क्रममा गृहमन्त्री श्रेष्ठलाई बुझाइएका ज्ञापनपत्रहरूलाई मार्ग प्रशस्त गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायहरूलाई तोक आदेश दिएको माओवादी केन्द्र मुस्ताङका संयोजक धिरेन्द्र ल्वागुनले जानकारी दिए।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठलाई अगल–अलग बुझाइएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कार्यान्वयनका लागि ढोका खोलिदिएको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ङुटुक गुरुङले बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.