बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौं लगिँदै

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकोप्टरमार्फत काठमाडौं लगिँदै
फाइल तस्बिर।

सिन्धुली : बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएपछि सिन्धुलीको सुनकोसी गाउँपालिकाबाट हेलिकोप्टर मार्फत काठमाडौं लाने तयारी गरिएको छ । 

रामेछापको कार्यक्रममा सहभागि भएर सिन्धुलीको सुनकोसी गाउँपालिका आइपुगेका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या देखिएको प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले अन्नपूर्णलाई जानकारी दिए ।
‘मुख्यमन्त्री जम्कट्टेलको प्रेसर र सुगरको लेवल घटेपछि थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको छ । उहाँलाई चिकित्सकको सल्लाह अनुसार काठमाण्डौं लैजाने तयारी भएको हो,’ दाहालले भने ।

मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्य समस्या भएको जनाएपछि सुनकोसी गाउँपालिका ७ स्थित आत्मीय सामुदायिक अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो । उनलाई अस्पतालका डाक्टरले काठमाण्डौं लैजान सुझाव दिएपछि हेलिकोप्टर मगाइएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताए । ‘उहाँलाई अहिले अस्पतालबाट सुनकोसी-५ मुलकोट हेलीप्याडमा एम्बुलेन्समार्फत ल्याइँदै छ । हेलिकोप्टर आउन साथ काठमाडौं पठाइनेछ,’ खनालले भने । 

मुख्यमन्त्री जम्कट्टेल बुधबार मध्य तराईका पाँच जिल्लाको १ लाख २२ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्‍याउने र ३१ दशमलव ७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेर निर्माण थालिएको सुनकोशी–मरिण डाइभर्सन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागि हुन आजै सुनकोसी बस्ने कार्यक्रम तय भएको थियो । मुख्यमन्त्री जम्कट्टेल आजै काठमाडौंबाट रामेछाप पुगेर सिन्धुली फर्किएका हुन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.