गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा प्रदर्शन

गृहमन्त्रीको राजीनामा माग्दै बुटवलमा प्रदर्शन

बुटवल : नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ रुपन्देहीका युवाहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन्। मंगलबार बुटवलमा युवाहरूले गृहमन्त्री श्रेष्ठको पुत्ला दहन र राके जुलुस निकालेर विरोध गरेका हुन्। 

विदेश जान थालेका युवाहरूलाई प्रहरीले गोली हानेर मारेको विरोधमा युवाहरू विरोधमा उत्रिएको नेपाल तरुण दल रुपन्देहीका कार्यवाहक अध्यक्ष प्रशन्त कोइरालाले बताए। 

बुटवलको मिलनचोक तिनकुनेबाट निकालिएको विरोध र्‍याली राजमार्ग चौराहमा पुगेर कोणसभा गरिएको थियो। कोणसभामा बोल्दै युवा नेताहरूले सात दिनभित्र गृहमन्त्री श्रेष्ठले पदबाट राजीनामा नदिए रुपन्देही बन्द गर्ने चेतावनी समेत दिएका छन्। ‘जनता मार्न पाइदैन, नालायक गृहमन्त्री राजीनामा दे’ भन्दै युवाहरू सडकमा राकेजुलुश सहित विरोधमा आएका थिए। यसअघि अनेरास्ववियु रुपन्देहीले पनि गृहमन्त्रीको राजीनामा माग गर्दै विरोधमा उत्रिएको थियो। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.