नयाँ वर्षमा केटीएम सिटीको अफर : २९० रुपैयाँमा जाडोको स्टाइलिस्ट लुगा

नयाँ वर्षमा केटीएम सिटीको अफर : २९० रुपैयाँमा जाडोको स्टाइलिस्ट लुगा
सुन्नुहोस्

काठमाडौं : अंग्रेजी नयाँ वर्षलाई लक्षित गर्दै केटीएम सिटीले नयाँ अफर बजारमा ल्याएको छ । नेपाली अपेरियल ब्राण्ड केटीएम सिटीको नयाँ अफरमा २९० रुपैयाँमा ग्राहकले जाडो मौसमको स्टाइलिस्ट लुगा प्राप्त गर्न सक्नेछन् । 

जाडो मौसमका लुगा अहिलेसम्मकै सस्तो मुल्यमा प्राप्त गर्न सकिने केटीएम सिटीले दावी गरेको छ। जाडो मौसमको आफूलाई मनपर्ने लुगा सर्वसुलभ मुल्यमा लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकले सुलभ मुल्यमा आफूलाई जाडोबाट बचाउन सक्ने र आफ्ना प्रियजनलाई उपहार दिन सक्नेछन् ।

क्यालेन्डरको नयाँ पाना पल्टिएसँगै केटीएम सिटीले बेजोड अफरको साथमा नयाँ वर्षको सुरुवात गरेको हो । नयाँ वर्षमा ‘स्टाइल’र बचतसहित वर्षको सुरुवात गर्न र यो अविश्वसनीय अफरको अधिकतम लाभ उठाउन कम्पनीले ग्राहकवर्गसमक्ष अपिल गरेको छ ।

'यो समय किनमेल गर्ने,बचत गर्ने र सही अर्थमा नयाँ वर्षलाई स्वागत गर्ने समय हो,'केटीएम सिटीले भनेको छ ।  केटीएम सिटीले क्रिसमसको उपलक्ष्यमा अनलाइन अर्डरमा १० प्रतिशत छुटको अफर ल्याएको थियो। यो अफर नयाँ वर्षको पहिलो दिन जनवरी एकसम्म रहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.