पर्यटक तान्ने माध्यम बन्दै फुड फेस्टिबल

पर्यटक तान्ने माध्यम बन्दै फुड फेस्टिबल

धनकुटा : हरेक वर्ष अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटकीय स्थल भेडेटारमा आयोजना हुँदै आइरहेको फुड फेस्टिबलले पर्यटक तानिरहेको छ। 

फेस्टिबलले जातीय तथा मौलिक खानेकुराको ब्राण्डिङ मात्र गरेको छैन भेडेटारसहित आसपासको क्षेत्रमा पर्यटक तान्ने माध्यम बनिरहेको छ। सन् २०१३ सालदेखि सुरु थालेको फेस्टिबल हरेक वर्ष हुँदै आइरहेको छ। भेडेटार होटल एशोसिएसनले आयोजनामा हुने फेस्टिबल पर्यटक तान्ने उत्सव जस्तो बनेको छ। 

फेस्टिबलमा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक खेतीबाट उत्पादित तरकारी तथा फलफूलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामग्रीहरू प्रदर्शनीमा राखिन्छ। फेस्टिबलमा आउने आगन्तुकहरूले स्थानीय जातीय परम्परागत खानेकुराहरूको स्वाद लिन र हेर्ने अवसर पाउनेछन्। ओझेलमा परेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक पराम्परागत तथा पर्यटकीय स्थलहरूको प्रचारप्रसार हुने गर्छ। 

नागवेली सडक छिचौल्दै पुगिने धनकुटाको भेडेटारले पाहुनालाई जुनसुकै बेला चिसो हावाले स्वागत गर्न भ्याइहाल्छ। यहाँ क्षणमै मौसम परिवर्तन भइरहन्छ। पहाडको टुप्पोमा अवस्थित भेडेटार घुम्न ७० प्रतिशत भन्दा बढी भारतीय आउने गर्छन् भने ३० प्रतिशत आन्तरिक पर्यटक।

null 

पछिल्लो समय भेडेटारमा निजी क्षेत्रको लगानी बढ्दो छ। करोडौं लगानीका स्तरीय होटल सञ्चालनमा आएका छन् भने कतिपय ठूला होटल निर्माणाधीन अवस्थामा छन्। लगानी बढ्दा यहाँको पर्यटन क्षेत्र चलायमान हुन थालेका छन्। 

हरेक वर्ष भेडेटारमा आयोजना हुँदै आइरहेको फेस्टिबलले जातीय तथा मौलिक खानाको परिकारलाई ब्राण्डिङ गर्न मद्दत गरेको भेडेटार होटल एशोसिएसनका अध्यक्ष तुमराज लिम्बूको भनाइ छ। भेडेटारसहित आसपासका क्षेत्रमा २ सय भन्दा बढी होटेल सञ्चालनमा छन्। ती होटेलमा दैनिक एक हजार पाहुनालाई राख्न सकिने होटल एशोसिएसनको तथ्यांक छ। 

फेस्टिबल भेडेटारसहित आसपासको क्षेत्रको प्रचारप्रसारका लागि कोसेढुंगा सावित भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई बताउँछन्। फेस्टिबलले भेडेटारको मात्र नभई आसपासका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसार गरी चहलपहल बढाएको छ। 

भेडेटार नजिकै रहेको नमस्ते झरना पछिल्लो समय आन्तरिक तथा बाह्रय पर्यटकको गन्तव्य बनेको छ। प्रायः त्यहाँ नपुग्ने कोही भेटिदैनन्। विशेषगरी नमस्ते झरनामा आन्तरिकसँगै भारतीय पर्यटकहरूको घुइँचो लाग्ने गर्छ। 

नमस्ते झरना बाहेक नाम्जे गाउँ, ओख्रे, डाँडाबजार लगायत क्षेत्र पर्यटकको गन्तव्य बनेको छ। त्यस क्षेत्रमा होमस्टे समेत सञ्चालनमा रहेका छन्। लाप्चेटारस्थित दक्षिण एसियाकै दोस्रो ठूलो दावी गरिएको वरको रुख हेर्न आउनेको संख्या बढ्न थालेको छ। 

निजी क्षेत्रबाट गरिएको प्रयासलाई राज्यले उचित प्राथमिकता नदिएको यहाँको होटल व्यवसायीको भनाइ छ। कतिपय पर्यटकीय गन्तव्यहरू भौतिक पूर्वाधार निर्माणको अभावले अझैं ओझेलमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.