सिंहदरबारको ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत

सिंहदरबारको ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत
सुन्नुहोस्

काठमाडौं : सिंहदरबारस्थित ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत पुगेको छ ।.मंगलबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ग्यारी बैठक भवनको रेट्रोफिटिङको भौतिक प्रगति ३९ प्रतिशत र बित्तीय प्रगति २८ प्रतिशत पुगेको जनाएको हो । 

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका आयोजना निर्देशक रोशन श्रेष्ठले पुरातत्व बिभागको समन्वयमा रेट्रोफिटिङको कार्य भइरहेको बताए। उनले सिंहदरबारभित्र कामदारको प्रवेश, सामाग्री ढुवानी र व्यवस्थापन र स्थानान्तरणमा कठिनाइ देखिएकाले रेट्रोफिटिङको कार्यमा केहि ढिलाई भएको जानकारी दिए । आयोजना निर्देशक श्रेष्ठले रेट्रोफिटिङ अन्तर्गत जटिल कार्य सम्पन्न भए पनि अझै धेरै काम बाँकी रहेकाले निर्माण आयोजनासंग समन्वय समेत भइरहेको उल्लेख गरे । 

निर्माण व्यवसायीले सन्तोषजनक रुपमा नै काम गरिरहेकाले प्राविधिक जटिलताहरुलाई हल गर्ने प्रयास भइरहेको उनको भनाइ छ । बैठकमा समिति सदस्यहरले ग्यालरी बैठक भवनको ऐतिहासिक र पुरातात्विक स्वरूप झल्किने गरी पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । ग्यारी बैठक भवनको रेट्रोफिटिङका लागि २०८१ साल जेष्ठ ६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । सुरु सम्झौता बमोजिम २०८२ मंसिर ६ गतेसम्म रेट्रोफिटिङ सम्पन्न गर्नुपर्नेमा काम सम्पन्न नभएपछि २०८३ मंसिर १ गतेसम्म म्याद थप गरिएको आयोजना निर्देशक श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.