जबरजस्ती करणीको आरोपमा तीन जना
कञ्चननपुर : प्रहरीले जबरजस्ती करणीको आरोपमा देशका विभिन्न जिल्लाबाट तीन जनालाई पक्राउ गरेको छ । कञ्चनपुरमा एक १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले जबरजस्ती करणको आरोपमा पुनर्वास नगरपालिका–५ बस्ने ५९ वर्षीय सुका डौडेलाई पक्राउ गरेको छ । सुकाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।
यस्तै सिराहामा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कर्जन्हा नगरपालिका–४ बस्ने ३५ वर्षीय दिलिप सदालाई गए राति प्रहरीले पक्राउ गरेको छ । दिलिपले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बन्दीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै झापामा एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार बस्ने २९ वर्षीय प्रवृन्ड राउतलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । राउतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !