१३ थान भरुवा बन्दुक फेला
काठमाडौं : सामुदायिक वनमा बेवारिसे अवस्थामा प्रहरीले १३ थान भरुवा बन्दुक फेला परेको छ । प्रहरीका अनुसार प्युठान सरुमारानी गाउँपालिका-३ हंसपुरस्थित खडक सामुदायिक वनमा बेवारिसे अवस्थामा १३ थान अवैध भरुवा बन्दुक फेला परेको हो ।
फोर्साको रुखमुनि बेवारिसे अवस्थामा एकनाले भरुवा बन्दुक बेसाबुत ३ थान र साबुत १० थान गरी जम्मा १३ थान फेला परेको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !