सुन्धारा कारागारबाट जेन्जी आन्दोलनमा फरार प्रतिवादी पक्राउ
काठमाडौं : अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार एक जना पक्राउ परेका छन्। काठमाडौं गोकर्णेश्वर नगरपालिका सुन्दरीजल बस्ने दोलखा गौरीशंकर नगरपालिका-७ घर भएका ३४ वर्षीय भिम बहादुर मगरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।
केन्द्रीय कारागार सुन्धारा काठमाडौंमा उक्त मुद्दामा कैद भुक्तान गरी रहेकोमा २०८२ भदौ २४ गते कारागारबाट भागी फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-८ गौरीघाटबाट पक्राउ गरेको हो।
उनलाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा काठमाडौं पठाइएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !