पर्सामा नहरको झाडीबाट ३ सय ७० केजी गाँजा बरामद
वीरगन्ज : पर्साको छिपहरमाई गाउँपालिका–२ मिर्जापुरस्थित नहरको झाडीमा लुकाएर राखिएको ठूलो परिमाणमा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा बुधबार राति ईलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको प्रहरी टोलीले नहरको झाडीभित्र लुकाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ सय ७० केजी गाँजा बरामद गरेको हो । उक्त गाँजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !