सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी

सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी
सर्लाहीको बरहथवामा भएको प्रदर्शन।

सर्लाही : सर्लाहीको बरहथवा क्षेत्रमा कर्फ्यु जारी भएको छ। एक जना युवकको ज्यान जानेगरी घटना भएपछि सर्लाही प्रशासनले बरहथवा क्षेत्रमा कर्फ्यु जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले सार्वजनिक सम्पत्तिको तोडफोड, आगजनी ढुंगामुढा प्रहार र उशृंखल गतिविधि रोक्न कर्फ्यु जारी गरेको बताए।

प्रशासनले पूर्वमा सीतपुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती/चोर्निया पुलसम्म कर्फ्यु जारी गरेको छ। 

कर्फ्यु आज साढे ५ बजेदेखि भोलि विहान ८ बजेसम्म रहने र उक्त समयमा सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न नपाइने, भेला हुन नपाइने, बाहिर हिंलडुल गर्न कुनै प्रकारको गतिविधि गर्न नपाउने सर्लाही प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 
शुक्रबार बरहथवा नगरपालिकाको कार्यालय अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय जयशंकर साह रहेको प्रहरीले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.