कमला नदीमा पुरुषको शव फेला
![कमला नदीमा पुरुषको शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/death-mirtyu_20200921102555_EG3BcvQm3S_eoCBbVhK0c.jpg)
सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिकास्थित कमला नदीमा एक पुरुषको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवि दाहालका अनुसार दुधौली नगरपालिका-६ लालभित्ती स्थित कमला नदी किनारामा डुबेको अवस्थामा दुधौली नगरपालिका-१ गिचिहानीका ५३ वर्षीय भीमनाथ अधिकारीको शव फेला परेको हो।
शुक्रबार दिउँसो साढे तीन बजे खोलामा माछा मार्न पुगेका मानिसहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। अधिकारी बिहीबार बेलुकीदेखि घरबाट बेपत्ता भएको परिवारले बताएका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)