ढुंगा प्रहार गरी बज्यै र नातिनीको हत्या

ढुंगा प्रहार गरी बज्यै र नातिनीको हत्या
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बेनी : म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो एकै घरका बज्यै र नातिनीको हत्या भएको छ। धारिलो ढुंगा (छपनी) को प्रहारबाट गम्भीर घाइते भएकी मालिका–७ बिमकी ७० वर्षीया मनीषा र ७ वर्षीया प्रियंका गर्बुजाको हत्या भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताए। ‘मनीषाको लुरवाङस्थित घटनास्थलमै ज्यान गएको पाइएको छ,’ उनले भने, ‘हेलिकप्टरबाट पोखरा लगिएकी प्रियंकालाई पनि चिकित्सकले शनिबार नै मृत घोषणा गरेका छन्।’ 

घटनामा संलग्न रहेको आरोपमा स्थानीयले एक मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई समाएर प्रहरी समक्ष बुझाए पनि प्रहरीले ती व्यक्तिको पूरा विवरण खुलाएको छैन। प्रनाउ कुँवरले स्थानीयले तिनै व्यक्तिको संलग्नतामा घटना भएको बताए पनि अनुसन्धान भइरहेकाले आइतबार मात्रै पूर्ण विवरण सार्वजनिक गर्ने जानकारी दिए। 

यस्तै शनिबार नै चिर्पट प्रहारबाट मालिका–७ बिम तल्लोगाउँकी ६६ वर्षीया अमृता जुग्जाली पनि घाइते भएकी छन्। उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकले जुग्जाली खतरामुक्त रहेको बताएको प्रनाउ कुँवरले जानकारी दिए। जुग्जाली र गर्बुजालाई दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरी हेलिकप्टरबाट पोखरा लगिएको थियो। बज्यैलाई सडकमा रगताम्मे देखेपछि बचाउन गएकी प्रियंकाको टाउकोमा छपनी प्रहार भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.