टिपर दुर्घटनामा एकजनाको मृत्यु,एक घाइते
तानसेन : पाल्पाको हार्थाकबाट रिडितर्फ जाँदै गरेको लु २ ख २४४७ नम्बरको टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा बाग्लुङ ढोरपाटन नगरपालिका -१ का टिपर सहचालक २५ वर्षीय तेजेन्द्र कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रनाउ भिमलाल भट्टराईले बताए ।
सहचालक कुमालको लुम्बिनी मेडिकल कलेज प्रभावसमा उपचारको क्रममा मृत्यु भएको हो । सोही स्थानका टिपरका चालक २७ वर्षीय मिनबहादुर कुमालको अवस्था सामान्य रहेको छ ।
बुटवलबाट इँट्टा बोकेर बाग्लुङतर्फ जाँदै गरेको टिपर तानसेन नगरपालिका वडा नं.१२ गाईघाटमा मंगलबार राति सवा ९ बजे दुर्घटना भएको अर्गली प्रहरी चौकी पाल्पाले जनाएको छ ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !