रुपन्देहीमा स्कुटी दुर्घटना, एक युवकको मृत्यु

रुपन्देहीमा स्कुटी दुर्घटना, एक युवकको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बुटवल : रुपन्देहीको देवदनह नगरपालिका-९ स्थित भलुहीमा स्कुटी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। आइतबार बिहान ७ बजे लु ६७ प ७००४ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा देवदह नगरपालिका-८ वनकित्ता निवासी २२ वर्षीय निराजन श्रीसको मृत्यु भएको भएको प्रहरी चौकी खैरेनीका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिए। 

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा उनको मृत्यु भएको थियो। बिहान लागेको बाक्लो हुस्सुका कारण स्कुटी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने चौधरीले बताए।

निर्माणधिन बुटवल–नारायणगढ सडकको कल्वर्टमा स्कुटी पुगेको थियो। मृतक युवक बुटवल टेक्निकल कलेजमा अध्ययनरत थिए। प्रहरीका अनुसार उनको पहाड घर गुल्मीको सत्यवती गाउँपालिकास्थित भार्सेमा हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.