सैलुन व्यवसाय सञ्चालन गरेर गाउँमै आम्दानी

सैलुन व्यवसाय सञ्चालन गरेर गाउँमै आम्दानी
सुन्नुहोस्

मुगु : जिल्लाको खत्याड गाउँपालिका-४ हिकोटीका ४० वर्षीय नरबहादुर सार्की हरेक वर्ष रोजगारीका लागि भारत जान्थे। गाउँमा रोजगार नहुँदा हिउँद सिजनमा उनी भारतको विभिन्न स्थानमा पुग्ने गरेका थिए। 

भारतमा मजदुरी गरेर आफ्नो ८ जनाको परिवार पालेका थिए। रोजगारीका लागि भारत गइरहँदा उनलाई गाउँमा नै सैलुन खोल्ने विचार आयो। गाउँमा सैलुन थिएन। गाउँमा सैलुन खोल्ने मन भएपनि उनीसँग यसको सिप थिएन, लगानी गर्न रकम पनि। 

उनले एक गैरसरकारी संस्थालाई गाउँमा सैलुन खोल्ने सोच बनाएको तर सिप र रकम नभएको बताए। गैरसरकारी संस्थाले उनलाई तालिमका लागि बाजुरा पठायो। तालिम पाएपछि खत्याड गाउँपालिका-४ माथिचौरमा ३५ हजार लगानीमा सैलुन सञ्चालन गरे।

उनले अहिले व्यवसाय सञ्चालन गरेर परिवारको सबै खर्च कटाएर केही रकम बचत गर्न थालेका छन्। यसअघि सिजनमा भारत जाने र अफ सिजनमा गाउँमा नै ज्याला मजदुरीको काम गर्ने गरेको उनी बताउँछन्। परिवारको आकार ठूलो भएका कारण पनि उनलाई परिवार चलाउन समस्या हुँदै आएको थियो। 

वडाध्यक्ष जनक रावलले गाउँमै स्वरोजगार गरेर गाउँपालिकाकै नमुना युवा बनेको बताए। श्री आधारभूत विद्यालय केराईका शिक्षक शैलेन्द्र शाहीका अनुसार यसअघि गाउँपालिकामा कपाल काट्ने पसल नहुँदा सदरमुकाम गमगढी वा छिमेकी जिल्ला बाजुराको कोल्टिमा पुग्न पर्ने बाध्यता थियो। 

यहाँका पुरुषहरू कामका लागि भारत जाने भएकाले महिलालाई बालबालिकाको कपाल काट्न समस्या हुँदै आएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.