दोलखा महोत्सवको समय थपियो
दोलखा : सदरमुकाम चरिकोटमा पुस १३ देखि २२ गतेसम्म हुने भनिएको बृहत् दोलखा महोत्सवको समय थप भएको छ।
दिव्य दृष्टि, आर्थिक क्रान्तिको नयाँ सृष्टि भन्ने मूल नाराकासाथ उद्योग वाणिज्य संघ दोलखाको आयोजनामा सदरमुकाम चरिकोट स्थित रंगशालामा सञ्चालन भइरहेको महोत्सवको समय थप गरी २४ गतेसम्म सञ्चालन हुने भएको हो।
महोत्सवमा अवलोकनकर्ताको संख्या बढ्दै गएकोले समय थप गरिएको संघले जनाएको छ। जिल्लाको खस्किँदो कृषि, आर्थिक तथा पर्यटन क्षेत्रलाई उकास्नुको साथै दोलखामा आन्तरिक र बाह्य पर्यटन भित्र्याउने उद्देश्यले सञ्चालन गरिएको महोत्सवमा १ सय ५० वटा स्टल राखिएको छ।
प्रतिक्रिया दिनुहोस !