जाजरकोटमा एक लाख ४० हजारले लगाए दादुरा रुवेला विरुद्धको खोप

जाजरकोटमा एक लाख ४० हजारले लगाए दादुरा रुवेला विरुद्धको खोप
सुन्नुहोस्

जाजरकोट : भूकम्प प्रभावित क्षेत्रमा महामारी फैलिन नदिन सरकारले सञ्चालन गरेको दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप जाजरकोटमा एक लाख ४० हजार ८ सय ९१ ले लगाएका छन्। 

गत पुस ४ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको खोप अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षसम्मका ६८ हजार ३ सय ४४ बालबालिकाले दादुरा रुवेला खोप लगाएका छन्। त्यस्तै १६ देखि ४५ वर्षसम्मका ७२ हजार ५ सय ४७ जनाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका कोल्डचेन सुपरभाइजर शान्तबहादुर बुढाथोकीले बताए। 

उनका अनुदार दादुरा रुवेला खोप ९९ प्रतिशत र टाइफाइड ८८ प्रतिशत खोप कभरेज भएको छ। जिल्लाका ४ सय ८० खोप केन्द्रबाट खोप सञ्चालन गरिएको थियो। आपतकालीन अवस्थामा श्वासप्रश्वास, दूषित पिउने पानी र विभिन्न खानेकुराबाट सर्ने रोगहरू फैलिन सक्ने जोखिमलाई कम गर्न सरकारले भूकम्प प्रभावित जाजरकोट, रुकुमपश्चिम लगायत आसपासका सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्ला जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको हो।

सामान्य अवस्थामा दादुराको महामारी फैलिएमा मृत्युदर १ प्रतिशत रहने र विपदको बेला दादुराको महामारी फैलिएमा ३० प्रतिशतसम्म रहने भएकोले पनि खोप अभियान सञ्चालन गरिएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.प्रतीक्षा भारतीले बताइन। 

राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भूकम्प प्रभावित र आसपासका जिल्लाहरूमा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको डा. भारतीले बताएकी छन्। जाजरकोट जिल्ला महामारीको उच्च जोखिममा रहेकोले पनि खोप अभियान चलाइएको उनले बताइन्।

गत वर्ष जाजरकोट जिल्लामा दादुराको संक्रमण देखा परेको जानकारी गराउँदै स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले हरेक पाँच पाँच वर्षमा दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको सरकारले भूकम्प प्रभावित र आसपासका जिल्लाहरूमा पाँच वर्ष नपुग्दै दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरेको जानकारी दिए। 

दादुरा–रुवेला, टाइफाइड जस्ता प्रकोपहरूलाई फैलिन नदिन निश्चित गरिएका उमेर समूहका ९५ प्रतिशतले खोप लगाएको हुनुपर्ने डा. गौतमले भनाइ छ। स्वास्थ्य सेवा कार्यालयका अनुसार छ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको लक्षित जनसंख्या छ लाख ५० हजार रहेको छ। 

जाजरकोट जिल्लामा मात्र ६ महिनादेखि १५ वर्षसम्मको लक्षित जनसंख्या ६८ हजार ९ सय १९ जना र १६ वर्षदेखि ४५ वर्षसम्मका ८६ हजार ६ सय ३६ जना रहेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.