गेटा अस्पताल : बिरामी बढदै, सेवा विस्तारमा कन्जुस्याइँ

गेटा अस्पताल : बिरामी बढदै, सेवा विस्तारमा कन्जुस्याइँ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनगढी : साढे ६ अर्बका संरचना बनेर पनि एउटा कुनामा सञ्चालनमा आएको सय शैया भनिएको गेटा अस्पतालमा कार्ययोजना अनुसारको कुनै पनि काम भएको छैन । अस्पतालको प्रचार भएपछि बिरामी बढ्न थाले पनि अस्पतालले सुरुवातका बेला सार्वजनिक गरेका कार्ययोजना अनुसारको सेवा विस्तारको काम गर्न सकेको छैन।

कार्तिक भित्र एमसिएच क्लिनिक सुरु गर्ने योजना थियो ।  तर, त्यसको केही काम भएको छ । मंसिर महिनाभित्र खोप सेवा र अन्तरंग सेवा सुरु गर्ने योजना थियो तर त्यो सुरु भएन । पुसभित्र इमरजेन्सी र प्रसूति सेवा सुरु गर्ने कार्य योजना थियो तर त्यो पनि भएको छैन ।

चैत महिनाभित्र शल्यक्रिया सेवा र वैशाखभित्र आइसीयु र एनआइसीयु सेवा सञ्चलान गर्ने कार्ययोजना भएपनि अरु नै सेवा सुचारु नभएका बेला ती सेवाहरु सुरु हुनेमा विश्वास गर्ने आधार देखिदैन । गेटामा ६ सय शैया क्षमताको अस्पताल भवन, कलेज भवन र आवासहरु गरी झण्डैं साढे ६ अर्बका संरचना निर्माण भइसकेका छन् । 

कम्तिमा पनि ३ सय शैयाको अस्पताल सञ्चालन गरी एमबीबीएसको पढाइ हुनुपर्ने आशा गरिएका बेला सय शैया मात्र सुरु हुँदा यस क्षेत्रका जनता निरास भएका थिए । ५० शैयाको अनुमतिमा मात्रै सञ्चालनमा रहेको सेती प्रादेशीक अस्पतालको भन्दा दोब्बर स्वास्थ्य सेवा होला भन्ने आशामा सुदूरपश्चिमबासीले चित्त बुझाएका थिए ।

गेटामा अहिले जनरल ओपीडी, हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, जर्नल सर्जरीको ओपीडी मात्रै सञ्चालनमा छ । प्रयोगशाला सेवा र फार्मेसीबाहेक बिरामी भर्ना गर्ने गरी इन्डोर सेवा समेत सञ्चालनमा आउन सकेको छैन । ‘इमरजेन्सी ,भर्ना, शल्यक्रिया र आइसीयु एनआइसीयु छैन भने त्यसलाई के अस्पताल भन्ने ? प्रार्थमिक स्वास्थ्य केन्द्र भइहाल्यो नी,' एकजना चिकित्सकले भने ।

कैलालीको गेटामा २०६६ सालदेखि मेडिकल कलेजका पूर्वाधारहरु निर्माण हुन थालेका हुन् । २०७८ सालदेखि नै  मेडिकल शिक्षाको पढाइ हुने लक्ष्य राखिएको भएपनि मेडिकल कलेज,प्रतिष्ठान वा मेडिकल विश्वविद्यालय के बनाउने ? भन्ने कुरामै रुमल्लिदा गेटा ओझेलमा परेको हो ।

आर्थिक वर्षको बजेटमा अस्पताल सञ्चालनका लागि ८० करोड र चालु तर्फको खर्चका लागि साढे ३ करोड रकम विनियोजन गरिएको छ । अस्पताल उद्घाटनका बेला अस्पतालका निर्देशक डाक्टर प्रमोद जोशीले डल्लो रुपमा आएको बजेटलाई शीर्षक बनाएर उपकरण खरिद गरिने र अरु सेवाहरु विस्तार गर्ने बताएका थिए ।

तर, अहिले उनले नै सार्वजनिक गरेको कार्ययोजना अनुसार पुससम्म सुरु गर्ने भनिएका सेवाहरु सुचारु हुन सकेका छैनन । अस्पताल सञ्चालनका लागि मन्त्रिपरिषदले १४१ जना कर्मचारी र स्वास्थ्यकर्मीको दरबन्दी स्वीकृत गरेको थियो । २४ जनाको जनशक्तिबाट सुरु गरिएको स्वास्थ्य सेवा दिन अस्पतालमा अहिले ३२ जना कर्मचारी छन् । सेवा विस्तारका लागि दरबन्दी अनुसारकै जनशक्ति नपुगेको र उपकरणको समेत अभाव देखिएको छ । 

एमसीएचका लागि भने काम सुरु भएको अस्पतालले जनाएको छ । सामाजिक सुरक्षा इकाइबाट हुने सेवा पनि सुरु भएको छ । कात्तिक १ गतेबाट सुचारु भएको अस्पतालले पुस २५ सम्म १३ सय २ जनालाई उपचार सेवा दिएको छ । सुरुमा १४/१५ जना आउने गरेकोमा अहिले दैनि ३०/४० जना बिरामी आउने गरेका अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.