मोटरसाइकल दुर्घटनामा ढकाल दम्पत्तीको मृत्यु
![मोटरसाइकल दुर्घटनामा ढकाल दम्पत्तीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/dampati_3zqn2VKLyB_72TuZvJS7d.jpg)
टीकापुर : कैलालीको चिसापानी–कुइने सडकखण्डको डङडंगेमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक दम्पत्तीको मृत्यु भएको छ । अछामको पञ्चदेव विनायक नगरपालिका-१ कुइकाका ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी श्रीमती मैसरा ढकालको मोटरसाइकल दुर्घटना परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए ।
अछामबाट बर्दिया आउने क्रममा ढकालले चलाएको भे.१३प. १०७४ नम्बरको मोटरसाइकल मोहन्याल गाउँपालिका-७ को पितमारीभन्दा झण्डै दुई सय मिटर उत्तरस्थित सडकबाट तल कर्णाली नदीको खोचमा खसेको थियो । इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार प्रहरीलाई मोटरसाइकल दुर्घटनाबारे राति ८ बजे जानकारी आएको थियो । सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरीको टोली घटनास्थल पुगेर ढकाल दम्पत्तीलाई राफ्टिङ बोटबाट चिसापानी पुर्याइएको थियो ।
राति करिव ११ बजे चिसापानी पुर्याएका ढकाल दम्पत्तीको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमका लागि टीकापुर अस्पताल राखिएको डीएसपी चन्दले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)