वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित

वीरगन्ज नाकामा फेरि भेटिन थाले कोरोना संक्रमित
वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा बिहीबार भारतबाट आएकाहरूको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मीहरू
सुन्नुहोस्

वीरगन्ज : लामो समयपछि वीरगन्ज नाकामा फेरि कोरोना संक्रमित फेला पर्न थालेका छन्। नेपाल प्रवेश गर्ने देशकै मुख्य नाका वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा भइरहेको परीक्षणमा पछिल्लो दुई दिनमा कोरोनाका दुई संक्रमित फेला परेका हुन्। 

दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण भेटिएको हेल्थ डेस्क प्रमुख तथा वीरगन्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले बताए। उनका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना नेपाली र एक जना भारतीय नागरिक रहेका छन्। 

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बिहीबार दिउँसोसम्म ४६ जनाको एन्टिजेन जाँच गर्दा तीमध्ये धादिङका ५९ वर्षीय पुरुषमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको ठाकुरले बताए। उनी भारतको कोलकत्ताबाट रेलको यात्रा गरेर नेपाल फर्कँदै थिए। 

यसअघि बुधबार पनि हेल्थ डेस्कमा ५५ जनाको एन्टिजेन जाँच गर्दा एक भारतीय नागरिकमा पनि कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको थियो। कोलकत्ताबाटै रेलको यात्रा गरेर रक्सौल हुँदै काठमाडौं घुम्न आएको भारतीय पर्यटकहरूको समूहमा रहेकाहरूको एन्टिजेन जाँच गर्दा कोलकत्ता निवासी २५ वर्षीय युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन.१ को संक्रमण पुष्टि भएको ठाकुरले बताए। 

बिहीबार कोरोना संक्रमण पुष्टि भएका धादिङका पुरुषलाई वीरगन्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा लगेर राखिएको जानकारी ठाकुरले दिए। बुधबार संक्रमण पुष्टि भएका भारतीय युवकलाई भने बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाएर नाकाबाट भारत फर्काइएको उनले बताए। 

संक्रमण पुष्टि भएका दुवै जनाको स्वाब नमुना जिन सिक्वेन्सिङका लागि जनकपुरस्थित प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको छ। वीरगन्ज नाकामा चालु आर्थिक वर्षमा पहिलो पटक दुई जनामा कोरोनाको संक्रमण भेटिएको ठाकुरले बताए। ठाकुरका अनुसार छिमेकी मुलुक भारतका विभिन्न प्रान्तमा कोरोनाको नयाँ भेरियन्ट जेएन.१ को संक्रमण फैलिँदै गएपछि नेपाल प्रवेश गर्ने मुख्यस्थल नाका वीरगन्जमा निगरानी बढाइएको छ। 

कोरोना संक्रमणको पहिलो लहरदेखि नै वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा पुस महिना सुरु भएदेखि नै भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको हो। भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन्। 

हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ।  त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन जाँच गरिन्छ। ठाकुरलले भने, ‘भारतमा पुनः संक्रमण बढेपछि नाकामा हामीले निगरानी र सतर्कता बढाएका छौं। तर अहिलेसम्म दुई जनामा मात्र कोभिड पोजेटिभ भेटिएको छ। भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले बताए। स्क्रिनिङ गर्दा शंकास्पद लाग्यो भने उनीहरूको एन्टिजेन टेष्ट गर्ने गरेका छौं, उनले भने। 

तीन चार दिन यतादेखि भने हेल्थ डेस्कमा दैनिक २०० देखि २५० जनाको स्क्रिनिङ र ५० देखि ६० जनाको एन्टिजन जाँच गर्दै आएको पनि उनले बताए। नाकाको हेल्थ डेस्कमा दु्ई जना स्टाफ नर्स , तीन जना हेल्थ असिस्टेन्ट , दुई जना ल्याब टेक्निसियन र एक जना ल्याब असिस्टेन्ट गरी ८ जना स्वास्थ्यकर्मीको टोली कार्यरत रहेको जानकारी पनि उनले गराए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.